×

NMB BANK
NIC ASIA

त्यो त्रासदीपूर्ण भूकम्पका बेला काठमाडौंका सीडीओ एकनारायण अर्यालको भोगाइ

बैशाख १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – २०७२ सालको वैशाख १२ गतेको त्रासदीपूर्ण भूकम्पलाई नजिकबाट नियाल्ने र पदीय दायित्वका हिसाबले आफैं सक्रिय भएर पीडितका लागि खटेको अनुभव छ काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको ।

Muktinath Bank

त्यो दिन ११ बजेर ५६ जाँदा जब भूकम्पले आफ्नो शक्ति देखाउन थाल्यो, एकाएक चारैतिर कोलाहल मच्चियो । भागदौड मच्चियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्याल पनि भुइँचालो, भुइँचालो भन्दै भाग्नेहरूबीच उभिएका एउटा पात्र हुन् । सर्वसाधारण आफ्नो ज्यान जोगाउने विकल्पबारे सोच्दै थिए । तर जमिनको त्यो कम्पनलाई जित्ने सामर्थ्य न त आम जनतामा थियो, न त पदीय दायित्वसहित प्रमुख जिल्ला अधिकारी अर्यालसँग नै थियो ।


Advertisment
Nabil box
Kumari

‘त्यतिखेर म कोटेश्वरमा थिएँ, कोटेश्वरको टंक प्रसादको सालिक नजिक थिएँ,’ अर्याल भन्छन्, ‘त्यतिबेला सिन्धुलीको सीडीओ सा’प मसँगै हुनुहुन्थ्यो । निकैबेरसम्म हामी गाडीबाट झर्न सकेनौं । गाडीको ढोका हामीले खोल्न सकेनौं । कसो–कसो गरेर ढोका खोलेपछि हामी झर्‍यौं । त्यसपछि हामी हिँड्न सक्ने वातावरण थिएन र भुइँमा बस्यौं । नजिकैको फलामको बारमा समात्यौं । त्यतिबेला केही सोच्न सकिएन । त्यतिखेर मैले मेरो परिवारको बारेमा मात्र सोचें ।’

Vianet communication
Laxmi Bank

जिल्ला प्रकोप उद्दार समितिको अध्यक्षको हैसियतमा उनले आफ्नो कर्तव्य निभाउन बाँकी थियो । लगातारको परकम्पले उनलाई अघि बढ्न रोकिरहेको थियो । उनी सरोकारवालासँग सम्पर्क गर्दै अघि बढे ।

‘हामी हिँड्न पनि सकेनौं, गाडी चलाउन सक्ने वातावरण पनि थिएन,’ त्यो त्रासदीपूर्ण समयलाई अर्याल यसरी सम्झन्छन्, ‘सर्वप्रथम त्यतिखेर मैले आफ्नो सचिवज्यूलाई फोन गरें, धन्न फोन लाग्यो र उहाँ सकुशल भएको थाहा पाएँ । हामी अलि अगाडि बढ्यौं । घरमा पनि फोन लाग्यो, घर परिवार ठीक छ भन्ने थाहा पाएँ । करीब १ बजेको समयसम्म म मेट्रो पुलिस रानीपोखरीमा पुगें ।’

त्यतिबेला सम्पत्तिको मोह अर्यालले कसैमा नदेखेको जिकिर गर्छन् । ‘काठमाडौंका २०–२५ लाख मान्छेहरू सडकमा आउने अनुमान मैले गरेको थिएँ र त्यही अनुसारका मान्छे सडकमा आइरहेका थिए,’ अर्याल भन्छन्, ‘कोटेश्वरबाट रानीपोखरीसम्म पुग्दा जमिन हल्लिरहेको थियो । कसैले को हरायो भन्दै रोइरहेका थिए भने कसैले घाइतेलाई अस्पताल लैजाने तयारी गर्दै थिए ।’

त्यतिबेला एम्बुलेन्स, खानेपानी बोकेको ट्यांकर र सुरक्षा निकायका सवारीबाहेक केही नचलेको अर्याल स्मरण गर्छन् । ‘तिनै सवारीसाधन पनि निकै थोरै चलिरहेको अवस्था थियो,’ अर्याल स्मरण गर्छन्, ‘त्रासदी थियो, एउटा डरलाग्दो स्थिति थियो । तर पनि एउटा जिम्मेवारी लिएको हिसाबले मैले के गर्ने भन्ने प्लान गर्न जरुरी थियो । यो त्रासदीपूर्ण अवस्थाको व्यवस्थापन त्यतिबेलैदेखि गर्न जरुरी थियो, जतिबेला भूकम्प जान शुरू भएको थियो ।’

१ बजेतिर महानगरीय प्रहरी कार्यालयमा आकस्मिक बैठक बस्यो । त्यसपछि क्षतिको जानकारी बिस्तारै आउँदै गयो । तत्काल मानवीय क्षतिको अनुमान लगाउन कठीन थियो । न कोही सडकमा सुरक्षित थियो, न कोही घरमा सुरक्षित थियो । शहर ढलेको थियो, गाउँ पनि ढलेको थियो । 

‘बालाजुमा यति मान्छेको मृत्यु भयो, त्यहाँ रेस्क्यु गर्दिनुपर्‍यो । सीतापाइलामा यति घटना घट्यो त्यहाँ आएर हेर्दिनुपर्‍यो जस्ता धेरै अनुरोध आएका थिए,’ उनी सम्झिन्छन्, ‘धरहरा कोल्याप्स भएको थियो, साँखुमा त्यस्तै समस्या थियो । धेरै मान्छेहरू रुँदै चिच्याउँदै मलाई फोन आइरहेको अवस्था थियो । त्यतिबेला उद्दारका लागि प्रहरी परिचालन भइसकेको थियो । हामीले हामीसँग उद्दारका लागि के–के उपलब्ध छन्, कति जनशक्ति छ भनेर हेर्‍यौं र जहाँ–जहाँ आवश्यक छ त्यहाँ परिचालन गर्‍यौं ।’

त्यतिबेलाको त्रासदीबाट काठमाडौंलाई मुक्त गराएर आम जनतालाई सरकार अन्तिम घडीसम्म जनतालाई उद्धार र राहत दिइरहेको आभाष अर्यालले गरेका थिए ।

हेर्नुहोस् भिडियो :-

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x