×

NMB BANK
NIC ASIA

फोरम–नयाँशक्ति एकता : बाबुराम संघीय परिषद् अध्यक्ष, उपेन्द्र केन्द्रीय अध्यक्ष, चुनाव चिह्न ‘तारा’

बैशाख २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टीबीच आगामी वैशाख २३ गते एकीकरणको घोषणा गर्ने सहमति भएको छ ।

Muktinath Bank

पार्टी एकीकरण हुने औपचारिक रुपमै सार्वजनिक गरिएपनि दुवै पार्टीबीच एकताको आधार र सहमतिबारे सार्वजनिक गरिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकीकरण प्रक्रियामा सहभागी स्रोतका अनुसार एकतापछि ‘समाजवादी पार्टी नेपाल’ बन्नेछ । पार्टीको नाममा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीको कुनै पनि अंश समावेश गरिएको छैन भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबाट ‘समाजवादी’ शब्द मात्रै टिपेर पार्टीको नामाकरण गरिएको छ ।


Advertisment
Nabil box
Kumari

पार्टी नेतृत्वको सन्दर्भमा पार्टीको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई रहने र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने सहमति भएको नयाँशक्ति पार्टीका केन्द्रीय प्रवक्ता प्रशान्त सिंहले लोकान्तरलाई बताए । नेतृत्वको वरियतामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई पहिलो र उपप्रधानमन्त्री समेत रहेका यादव दोस्रो वरियतामा रहने छन् । उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी छन् भने डा. बाबुराम भट्टराई सरकारका आलोचक मानिन्छन् ।

Vianet communication
Laxmi Bank

पार्टी एकताको सहमतिसँगै फोरमले वैशाख २८ गते गर्ने भनेको केन्द्रीय महाधिवेशन स्थगित गरेको छ । अब दुवै पार्टीबीच एकता महाधिवेशन हुनेछ । हाललाई फोरम र नयाँशक्ति पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य सबै यथावतै राखेर पार्टी एकीकरण गरिने प्रवक्ता सिंहले बताए ।

पार्टीको नयाँ विधान बनाइने र चुनाव चिह्न ‘तारा’ राख्न निर्वाचन आयोगलाई आग्रह गरिने उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x