कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बैशाख ३०, २०७६
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले विभिन्न व्यक्ति तथा संघ संस्थालाई अनुदान भन्दै आर्थिक सहयोगका नाममा मोटो रकम वितरण गरेका छन् ।
आर्थिक सहायता वितरण गर्न नहुने भए पनि उपमहानगरले विभिन्न व्यक्ति, संघ संस्थादेखि गैरसरकारी संस्था, सरकारी कार्यालयसम्मलाई आर्थिक सहायताको रकम वितरण गरेका छन् ।
आर्थिक सहायता वितरण नगर्न नेपाल सरकारले परिपत्र गरेको भए पनि सामाजिक संस्था तथा व्यक्ति अनुदानको शीर्षकमा जनकपुरधामका मेयर लाल किशोर साहले रकम वितरण गर्दै आएका छन् । २०७५ सालको साउनदेखि चैतसम्ममा ८ लाख ९७ हजार २ सय ५० रुपैयाँ वितरण गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको लेखा शाखाले उपलब्ध गराएको विवरण अनुसार जनकपुरधाम वडा नम्बर २३ स्थित गनिनाथ गोविन्द मन्दिर निर्माणका लागि ३० हजार रुपैयाँ वितरण गरेका छन् । २०७५ साल भदौ २० गते नै इन्टरनेश्नल प्रेस क्लब जनकपुरलाई २५ हजार, श्री कृष्ण पूजा समिति स्टेसन जनकपुरलाई ५० हजार, सन्तोष कुमार साहलाई ५० हजार, श्री कपिलेश्वरनाथ युवा कमिटीलाई ४० हजार, जिल्ला युवा सञ्जाल धनुषालाई १५ हजारर गङ्गाराम दासलाई १५ हजार रुपैयाँ वितरण गरेका छन् ।
त्यसैगरी भदौ २५ गते राम सागर पासवानलाई ५ हजार, परिक्रमा सामुदायिक सेन्टरलाई २५ हजार रुपैयाँ वितरण गरिएको छ । भदौ २८ गते सामुदायिक मेलमिलाप कुर्थालाई १ लाख, असोज २ गते गणेश युवा कमिटीलाई २५ हजार, विश्वकर्मा बाबा सेवा समितिलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
त्यस्तै असोज ४ गते राहुल कुमार साहलाई ३५ हजार, असोज ८ गते रीता कुमारी मिश्रलाई १० हजार रुपैयाँ वितरण गरिएको छ । असोज २४ गते माँ दुर्गा पूजा व्यवस्थापन समिति विद्यापति चोकलाई ५० हजार, तेतरी महारानी तुवा क्लबलाई ३० हजार, नेपाल पूर्वप्रहरी संगठनलाई ११ हजार २ सय ५०, जनकपुर उद्योग वाणिज्य संघलाई १२ हजार रुपैयाँ वितरण गरिएको छ ।
असोज २६ गते नेपाल अपांग संघ नव जीवनलाई १० हजार, जनकपुर २५ का उमेश यादवलाई ३० हजार, जनक युवा क्लब जनकपुरलाई २० हजार र भानु युवा कमिटी जनकपुरलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
असोज २९ गते जनकपुर १७ का फुलगेन ठाकुरलाई २० हजार, जनकपुर ४ का राजीव कुमार ठाकुरलाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ । कार्तिक ५ गते राम सरोज यादवलाई ४५ हजार, राम जानकी हनुमान समितिलाई ३१ हजार रुपैयाँ प्रदान गरिएको छ । कार्तिक ६ गते मिथिला नाट्य कला परिषद् जनकपुरलाई ५० हजार, कार्तिक १२ गते धनुषा चेम्बर ओफ कमर्सलाई ३० हजार, राष्ट्रिय अदृष्टि संघ नेपाललाई १० हजार रुपैयाँ दिइएको छ ।
कार्तिक २० गते जनकपुर बहिरा संघलाई ८ हजार, मंसिर १९ गते नेपाल अपांग संघ नव जीवनलाई २० हजार रुपैयाँ प्रदान गरिएको छ । मंसिर २४ गते जिल्ला प्रहरी कार्यालय धनुषालाई १० हजार, साहु तेली सेवा समिति जनकपुरलाई २० हजार, नेपाल मानव धर्म सेवा समितिलाई ५ हजार, सानो पाइलालाई १५ हजार रुपैयाँ वितरण गरिएको छ ।
मंसिर २५ गते मधेशी महिला समाज कार्यालयलाई १० हजार, पुष २ गते विश्व हिन्दु परिषद्लाई १५ हजार र पुष ५ गते साबिर राइनलाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
त्यसैगरी धार्मिक संरक्षण भन्दै पनि विभिन्न व्यक्तिलाई राज्यको रकम वितरण गरिएको छ । चालक अमोद सिंहलाई ३५ हजार, बैदेही शरण दासलाई १६ हजार हजार, शम्भु कुमार यादवलाई १० हजार, मोकिम मोमिनलाई १० हजार रुपैयाँ वितरण गरिएको छ ।
मोहम्मद अम्बरलाई ७ हजार ५ सय, उपेन्द्र साहलाई ९० हजार र फेरी दोस्रो पटक ५७ हजार ६ सय ३४, भोगेन्द्र झालाई १२ हजार रुपैयाँ वितरण गरिएको छ । त्यसै गरी ज्ञानेन्द्र कुमार झालाई २६ हजार ५ सय ५० रुपैयाँ वितरण गरिएको छ । २०७५ सालको साउनदेखि चैत्र सम्ममा ५ लाख ४९ हजार ६ सय ८४ रुपैयाँ वितरण गरेका छन् ।
उपमहानगरपालिकाको लेखापाल दिनेश चौधरीका अनुसार पुष १६ गते सम्मको रकम मात्र अद्यावधिक गरिएको छ । वैशाखसम्म वितरण गरिएको रकमको तथ्यांक अद्यावधिक गर्न बाँकी नै रहेकाले उक्त विवरण अहिले दिन नसकिने उनले बताए ।
यसरी हेर्ने हो भने लाखौं रकम आर्थिक सहयोगका नाममा वितरण गरेको पाइएको छ । लेखापाल दिनेश चौधरीका अनुसार उक्त अनुदानको रकम कार्यालयको हाकिम र मेयरको आदेश बमोजिम वितरण गर्ने गरिन्छ । आर्थिक अनुदान लिन चाहने व्यक्ति, संघ संस्थाले दिने गरेको निवेदन कार्यालयको प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश हुन्छ । ‘उहाँले हस्ताक्षर गरेपछि मेयर सा’बले समेत हस्ताक्षर गर्नुहुन्छ । त्यसपछि लेखा शाखाले स्वीकृत गरिएको निवेदन बमोजिम व्यक्ति, संघ वा संस्था आदिको नाउँमा चेक काट्ने गरेका छौं,’ लेखापाल चौधरीले बताए ।
स्थानीय तहमा जन निर्वाचित प्रतिनिधि आउनुभन्दा पहिलेदेखि नै कुनै पनि व्यक्ति, संघ, संस्था आदिलाई आर्थिक सहयोग स्वरूप रकम वितरणमा रोक लगाइएको थियो । नेपाल सरकारले देशैभरिका स्थानीय निकायहरूमा धेरै पहिलेदेखि नै परिपत्र गरेर आर्थिक सहायता उपलब्ध गराउन रोक लगाएको थियो । तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि आर्थिक सहायता दिन थालिएको हो । ‘नगरसभाबाट नै सामाजिक संस्था अनुदान भन्ने शीर्षकमा व्यक्ति वा सामाजिक संघ संस्थालाई अनुदान दिने भन्ने निर्णय गरिएको छ,’ लेखापाल चौधरीले भने, ‘नगरसभाको उक्त निर्णय अनुसार नै अनुदान रकम वितरण गरिएको हो ।’
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...