मंसिर ५, २०८०
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
बैशाख ३१, २०७६
काठमाडौं – संघीय संसद् सचिवालयले पूर्व सभामुखलाई समेत सवारीसुविधा र इन्धन उपलब्ध गराउने गरेको पाइएको छ ।
सचिवालयले पूर्व सभामुखत्रय रामचन्द्र पौडेल, सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्ती मगरलाई सवारीसुविधा उपलब्ध गराउँदै आएको हो ।
पूर्व सभामुखद्वय नेम्वाङ र घर्तीले संसद् सचिवालयबाट मासिक इन्धन समेत लिने गरेका छन् ।
यस अंकमा हामीले संसद् सचिवालयबाट कसले कति इन्धन पाउँदै आएका छन् भन्नेबारे विवरण प्रस्तुत गरेका छौं ।
प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले मासिक २५० लिटर इन्धन पाउने गरेका छन् ।
प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल, प्रतिनिधि सभाका प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका सत्तापक्षका नेता दिनानाथ शर्मा र विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे तथा राष्ट्रिय सभाकै सत्तापक्षका मुख्य सचेतक खिमलाल भट्टराईले मासिक २३० लिटरका दरले इन्धन सुविधा लिने गरेको देखिन्छ ।
प्रतिनिधि सभामा सत्ता पक्षका प्रमुख सचेत देवप्रसाद गुरुङले भने २०० लिटर इन्धन लिँदै आएका छन् । २०० लिटर मासिक इन्धन पाउनेमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक र मुख्य सचेतक क्रमशः बालकृष्ण खाँड तथा सरिता प्रसाईं एवं प्रतिनिधि सभाका १०, राष्ट्रिय सभाका ४ र २ विशेष समिति सभापति गरी १६ जना छन् ।
संसदीय समिति सभापतिहरू क्रमशः कल्याणीकुमारी खड्का, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, जयपुरी घर्ती, निरादेवी जैरु, निरुदेवी पाल, पवित्रा निरौला खरेल, पूर्णकुमारी सुवेदी, बिमलप्रसाद श्रीवास्तव, भरतकुमार शाह, लक्ष्मणलाल कर्ण, शशी श्रेष्ठ, रामनारायण बिडारी, तारादेवी भट्ट, दिलकुमारी रावल थापा र परशुराम मेघी गुरुङले मासिक २०० लिटर इन्धन सुविधा पाउने गरेका छन् ।
प्रतिनिधि सभामा सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरी, विपक्षी दल कांग्रेसकी सचेतक पुष्पा भुसाल र संघीय समाजवादी फोरम नेपाल (हाल समाजवादी पार्टी नेपाल) का प्रमुख सचेतक उमाशंकर अरगरियाले मासिक १५० लिटर इन्धन पाउने गरेको देखिन्छ ।
पूर्व सभामुखद्वय सुवास नेम्वाङ र ओनसरी घर्ती मगरलाई भने मासिक १०० लिटर इन्धन संसद् सचिवालयले उपलब्ध गराउने गरेको छ ।
पूर्व सभामुखद्वयलाई २०७४ चैत १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार इन्धन सुविधा उपलब्ध गराइँदै आएको संघीय संसद् सचिवालयले जनाएको छ ।
हेर्नुहोस् विवरण :
हेर्नुहोस्, यसअघिका १९ भाग :
भाग- १९ : उद्योगमन्त्री यादवलाई तीनवटा गाडी, मन्त्रालयको गाडीमा शाखा अधिकृतसम्मको रजाइँ !
भाग- १८ : योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन
भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !
भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !
भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग
भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !
भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !
भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !
भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ
भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा
भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !
भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !
भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...