गुठी संस्थानसँग ६ लाख रोपनी बढी जग्गा

काठमाडौं–गुठी संस्थानसँग देशभर ६ लाख २८ हजार ३ सय २० रोपनी जग्गा भए पनि उसको आफ्नै स्वामित्वमा भने केही हजार रोपनी मात्रै रहेको पाइएको छ । 

संस्थानको स्वामित्वमा मठमन्दिर, पाटीपौवा, सत्तल बगैचा र खाली जग्गा गरी पहाड र उपत्यकामा ३ हजार रोपनी र तराईमा २ हजार बिगाहा रहेको छ ।
गुठी संस्थानको जग्गासमेत भूमाफियाले कब्जा गरेको जानकारी आउन थालेपछि जग्गाको विवरण तयार गरिएको उक्त संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाले बताए । 


Advertisement

संस्थानका अनुसार सबैभन्दा बढी तराईको जनकपुर, महोत्तरी तथा उपत्यकामा गुठीको जग्गा बढी अतिक्रमण भएको छ । उपप्रशासक एवं प्रवक्ता थपलियाले क्लब, विभिन्न संघसंस्था र राजनीतिक पहुँचको आधारमा दर्जनौ रोपनी जग्गा अतिक्रमित भएको बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 


Advertisement

कमेन्ट गर्नुहोस्