पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राहुल गान्धी तीनपटक सांसद बनेको क्षेत्र अमेठीमा यसपटक भने स्मृति इरानीले भारतीय जनता पार्टीको झन्डा गाडिदिएकी छन् । भारतमा सुन्दरी प्रतियोगितामा भाग लिइसकेकी तथा टेलिफिल्ममा देखिएकी स्मृति केही दिन अघिसम्म अमेठीमा चुनाव प्रचारमा व्यस्त थिइन् । स्मृति इरानी चुनाव प्रचारकै क्रममा अमेठीमा आगो लाग्दा त्यसलाई निभाउनका लागि पानी झिक्न आफैं धारा चलाइरहेको दृश्य निकै रुचिकर थियो ।
तर राजनीतिभन्दा अघि उनको व्यावसायिक करीअर कलाबाट शुरू हुन्छ । आखिर कलाको दुनियाँबाट कसरी स्मृति इरानी राजनीतिमा प्रवेश गरिन् ? आज म तपाईंहरूलाई केही सन्दर्भ पेश गर्छु ।
स्मृति इरानीको नाम भारतीय राजनीतिमा सबैले जानेबुझेको नाम हो । कलाक्षेत्रमा पनि उनी परिचित थिइन् र छिन् । भारतीय जनता पार्टीको तर्फबाट सूचना तथा सञ्चारमन्त्री भइसकेकी स्मृति इरानी विना कुनै डर आफ्ना कुराहरू मिडियामा राख्न सक्ने नेत्रीका रूपमा चिनिन्छिन् । स्मृतिले राजनितीमा आउनुभन्दा पहिले टेलिभिजन र चलचित्रमा काम गरिसकेकी छन् । कलाकारको हैसियतमा उनले लामो समय काम गरिन्, अभिनय गरिन् ।
बेस्ट एक्ट्रेसको उपाधि ग्रहण गर्दै स्मृति इरानी
स्मृति इरानी कुनै समय पत्रकार पनि थिइन् । 'जी न्यूजका' सम्पादक सुधीर चौधरीले लिएको अन्तर्वार्तामा उनले यस्तो खुलासा गरेकी हुन् ।
'सुधीरजी तपाईंका दर्शकलाई यो कुरा थाहा छैन, आजभन्दा १८/२० वर्ष पहिले म स्ट्रिन्जरको काम गर्थें । मेरो जिम्मेवारी रिपोर्ट गरेर पठाउने थियो । ती सारा रिपोर्ट जम्मा गरेर एडिट गरी दर्शकमाझ पेश गर्थे एक सज्जनले, ती सज्जनको नाम हो सुधीर,' स्मृतिले यसो भनिरहँदा सुधीर मुस्कुराउँदै सुनिरहे ।
अन्तर्वार्तामा उनले आफू अहिले जुन हैसियतमा पुगेपनि विगतमा सुधीर चौधरीको अधिनमा बसेर काम गरेको र आफू त्यतिखेर कनिष्ठ रिपोर्टर मात्र भएको समेत बताइन् ।
जवाफमा जी न्यूजका सम्पादक सुधीर चौधरीले भने, 'मसँगै काम गरेको सहकर्मी देशको ठूलो नेता भएको र गान्धीजस्तो ठूलो सम्पन्न परिवारको सदस्य राहुल गान्धीलाई चुनाव हराएकोमा एक सामान्य मानिस पनि मेहनत गर्यो भने उच्च स्थानमा पुग्न सक्ने सन्देश मिलेको छ ।'
स्मृतिका पूर्खा पञ्जाबी हुन् । उनका पिता अजय कुमार मल्होत्रा पञ्जाबी परिवारमा जन्मिएका थिए । तर उनकी आमा शिवानी भने एक बंगाली परिवारबाट आएकी हुन् । तीन दिदीबहिनीमध्ये स्मृति सबैभन्दा जेठी हुन् । सन् १९७७ मार्च २३ मा दिल्लीमा जन्मिएकी स्मृतिले नयाँ दिल्लीमा रहेको होली चाइल्ड अक्सिलियम स्कूलबाट १२ कक्षा पास गरिन् । र दिल्ली विश्वविद्यालयबाट डिग्री हासिल गरिन् । स्मृति इरानीको विवाह हुनुभन्दा अगाडिको नाम स्मृति मल्होत्रा हो । उनले आफ्नै बाल्यकालदेखिको साथी जुबिन इरानीसँग सन् २००१ मा विवाह गरिन् । जुबिन एक व्यापारी हुन् र उनले स्मृतिलाई दोस्री पत्नीका रूपमा भित्र्याएका थिए । उनीहरूका दुई सन्तान छन् : एक छोरा र एक छोरी । छोराको नाम जोहर हो भने छोरीको नाम जोइस हो ।
स्मृति इरानी आफ्ना सपना पूरा गर्न सन् १९९० को दशकमा दिल्ली शहर छाडेर मुम्बई आएकी थिइन् । र उनी सन् १९९८ तिर फेमिना मिस इन्डिया सुन्दरी प्रतियोगितामा सहभागी भइन् । तर उनले यस प्रतियोगितामा सफलता हात पार्न सकिनन् । तैपनि उनले विजेताहरूको अन्तिम नामावलीमा आफ्नो नाम समावेश गराउन सकिन् ।
त्यसपछि उनले गायक मिका सिंहसँग एउटा गीतमा पनि अभिनय गरिन् । तर उनको सही अर्थमा पहिचान भने एकता कपूरद्वारा निर्मित टीभी शृंखला क्योंकी सास भी कभी बहु थीबाट मिल्यो । यसमा स्मृतिले तुलसी नामक महिलाको भूमिका निर्वाह गरेकी थिइन् । सिरियललाई दर्शकहरूले निकै मन पराए । यो सन् २००० जुलाई ३ देखि सन् २००८ नोभेम्बर ६ सम्म चल्यो ।
'क्योंकि सास भी कभी बहु थी' नाटकका साथसाथै स्मृति इरानीले अन्य धेरै नाटकहरूमा अभिनय गरिन् । जस्तो कि क्या हादसा क्या हकीकत, रामायण, मेरे अपने इत्यादि । स्मृतिले हिन्दीका साथसाथै तेलुगु र बंगाली भाषाका केही चलचित्रहरूमा समेत अभिनय गरेकी छन् । उनले रंगमञ्चमा गरेका अभिनयहरूको कुनै गन्ती नै छैन । क्योंकि सास भी कभी बहु थी सिरियलमा अभिनय गर्दा उनलाई नौवटा पुरस्कार हात लाग्यो । यसका साथसाथै अर्को सिरियल विरुद्धमा अभिनय गर्दा उनलाई सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार मिल्यो । यो सन् २०१० तिरको कुरा हो ।
स्मृतिले सन् २००३ मा राजनीतितर्फको कदम बढाउनका लागि भारतीय जनता पार्टी चुनिन् । त्यतिखेर स्मृति इरानीका एकजना आफन्त आरएसएसका सदस्य थिए भनिन्छ । यही कनेक्सनमार्फत सन् २००४ मा स्मृतिलाई उनको पार्टीले महाराष्ट्र युवा विङको उपाध्यक्षको पद जिम्मा दियो । यहीँबाट शुरू भयो उनको राजनीतिक भविष्यको यात्रा । यसरी शुरू भएको उनको राजनीतिक यात्रा आज एउटा गन्तव्यमा पुगेको छ भन्न सकिन्छ । उनको १८ वर्षको राजनीतिक यात्रामा उनले थुप्रै महत्त्वपूर्ण भूमिकाहरू सफलताका साथ निर्वाह गरेकी छन् । सन् २०१४ मा स्मृतिलाई भाजपाले लोकसभा चुनावका लागि कांग्रेस पार्टीका तत्कालीन उपाध्यक्ष राहुल गान्धीका विरुद्घ उठाएको थियो । तर त्यसबेला स्मृति पराजित हुन पुगिन् । तैपनि भाजपाको जीतसँगै उनलाई केन्द्रीय मन्त्री बनाइयो ।
स्मृतिसँग जोडिएका विवादहरूको सूची निकै लामो छ । खासगरी उनको निर्णय र वक्तव्यको निकै आलोचना हुने गर्छ । उनी सन् २००४ मा नरेन्द्र मोदीमाथि खनिएकी थिइन् । एकप्रकारको राजनीतिक हमला गरेकी थिइन् । उनको भनाइ थियो, मोदीले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्छ । गुजरातमा भएको साम्प्रदायिक हिंसालाई आधार बनाएर मोदीले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । उनको यो बयानले पार्टी एकदमै दुःखी थियो । उनलाई आफ्नो बयान फिर्ता लिन पार्टीले अनुरोध गर्यो । अन्ततः पार्टीको कारवाहीबाट बच्न स्मृति आफ्नो बयान फिर्ता लिन बाध्य भइन् ।
स्मृतिसँग जोडिएको सबैभन्दा ठूलो विवाद उनले हासिल गरेको डिग्रीको विषयमा थियो । यस विवादले उनलाई एकदमै तनाव दियो । सन् २००४ को लोकसभाको चुनावमा उम्मेदवारी फारममा उनले आफ्नो अध्ययन बीएसम्म भएको लेखेकी थिइन् । दिल्ली विश्वविद्यालयबाट बीए पास गरेको भनिएकी उनले सन् २०१४ को लोकसभा निर्वाचनमा भने बीकम लेखिन् । दुईवटा निर्वाचनको उम्मेदवारी फारममा उल्लेख गरिएका दुईथरी शैक्षिक योग्यताले जनमानसमा उनीप्रति शंका बढायो । उनको एकदमै विरोध पनि भयो । यो विवाद अदालतसम्म पनि पुग्यो । उनी बहालवाला मन्त्री हुँदा नै यो विवाद उठेको थियो ।
मानव संसाधन विकासमन्त्री भएकै समयमा उनलाई तनाव दिने विवादको चुरो नागपुरमा रहेको विश्वेश्वर राय नेसनल इन्स्टिट्युट अफ टेक्नोलोजीको अध्यक्ष छान्नुमा थियो । उनी आरएसएसको कार्यकर्ता भएका कारण यस पदमा योग्य नभएको धेरैको भनाइ थियो । यसका साथै अर्को एउटा विवादले पनि स्मृतिलाई दुःख बनायो । उनले मानव संसाधन विकास मन्त्रालय सम्हालिरहेको समयमा केन्द्रीय विद्यालयमा पढाइ भइरहेको जर्मन भाषा विषयलाई हटाइदिइन् । उनले सन् २०१४ मा केन्द्रीय विद्यालयलाई आदेश दिएर उनले जर्मन भाषाको सट्टा संस्कृत भाषा पढाउन भनिन् । यस विषयमा जर्मन चान्सलर एंगेला मार्केलले नरेन्द्र मोदीसँग कुराकानी समेत गरेकी थिइन् ।
सन् २०१४ को चुनाव हारेको भए पनि भाजपाले स्मृतिलाई मानव संसाधन विकास मन्त्रालयको जिम्मेवारी दिएको थियो । पछि त्यो जिम्मेवारी खोसेर उनलाई पार्टीले कपडा मन्त्रालयको जिम्मेवारी दियो । तर पछि उनलाई सूचना तथा सञ्चार मन्त्रालय जिम्मा दिइयो ।
नरेन्द्र मोदीले दोस्रोपटकको कार्यकालका लागि प्रचण्ड बहुमत पाएका छन् । अब बन्ने मन्त्रिमण्डलमा स्मृति इरानीलाई कस्तो जिम्मेवारी दिइनेछ भनी हेर्न बाँकी छ ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...