मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
जेठ १४, २०७६
- सन्तोष सापकोटा
हेल्मेटले सवारी दुर्घटना रोक्ने होईन दुर्घटना पश्चात हुने मृत्युलाई भने रोक्न सक्छ, यदि यस्को सहि प्रयोग गर्न सक्यौं भने । पछिल्लो समय दुई पांग्रे सवारी साधन प्रयोग गर्नेले अनिवार्य रुपमा हेलमेट लगाउनु पर्ने भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलन मार्फत जानकारी गरायो । धेरै जसो संचार माध्यमले उक्त विषयमा प्राथमिकता दिएर समचार प्रकाशन र प्रसारण समेत गरे । त्यसपछि सामाजिक संजालमा बहस शुरु भयो यहि विषयमा । अचम्मको कुरा त के भने सवारी तथा यातायात व्यवस्था ऐन २०४९को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम “मोटरसाईकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारी साधनमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ”भन्ने व्यवस्था उल्लेख छ ।
कानुन कार्यान्वयन गराउने निकायको रुपमा नेपाल प्रहरीलाई नेपाल सरकारले जिम्मेवारी दिएको छ । ट्राफिक व्यवस्थापन , दुर्घटना न्युनिकरण र अनुसन्धानको क्षेत्रमा काम गर्ने गरी नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरी अन्तर्गत नै रहने गरी ट्राफिक प्रहरीको व्यवस्था गरेको छ । ट्राफिक प्रहरीले कानुन अनुसार कार्यान्वयन गर्न पनि पाउँछ यद्धपि पत्रकार सम्मेलन मार्फत सचेत गराएर कार्यान्वयन गराउन खोज्दा हेलमेट व्यवसायीसँग कमिसनको लागि ल्याएको योजना भन्ने आरोप पनि सुनिएको छ । कमिसनको पाटोलाई चटक्कै छोडौं र सुरक्षाको पाटोलाई सोचौ अनि बहस गरौं ।
गएको बैशाख महिनालाई मात्रै हेर्ने हो भने देशै भर ४८९ वटा दुई पाग्रें (स्कुटर,मोटरसाईकल) दुर्घटना भएका छन । काठ्माडौं उपत्यकामा मात्रै दुई पांग्रे सवारी दुर्घटनामा परेर आर्थिक वर्ष २०७४/७५ मा १ सय ११ जनाको मृत्यु भएको छ ।आर्थिक वर्ष २०७५/७६को वैशाख मसान्त सम्म मात्रै दुई पांग्रे सवारी साधन प्रयोग गर्ने९५ जनाले ज्यान गुमाएका छन । २०७६ साल वैशाख महिनामा मात्रै काठ्माडौ उपत्यकामा ५ जना मानिसको मृत्यु भएको छ । वैशाख महिनामा मात्रै ४ सय ४० वटा दुई पाग्रे सवारी साधन दुर्घटना भएको ट्राफिक प्रहरी महाशाखाले उपलव्ध गराएको तथ्याङ्कमा देखिन्छ । सडक दुर्घटनामा गत वर्ष दैनिक औसत ७ जनाको मृत्यु भएको छ । बाग्मति अंचलमा मात्रै आर्थिक वर्ष २०७४/७५ मा ९ लाख २१हजार ९ सय १७ वटा मोटरसाईकल दर्ता भएको पाईन्छ । यो संख्या जम्मा सडकमा गुड्ने सवारी साधनको ७८.६३ प्रतिशत हो । तथ्याङ्कलाई केलायर हेर्दा यो संख्यालाई कम गराउनको लागि अन्य क्षेत्रमा पनि सुधार गर्न त अवस्यनै बाँकि छ , तर पहिलो सुधारको लागि सवारी तथा यातायात व्यवस्था ऐनमै उल्लेख भएको दई पांग्रे सवारी साधनमा दुई जनालेनै हेलमेट लगाउनु पर्ने व्यवस्थालाई नै कार्यान्वयन गर्नु पर्ने देखिन्छ । यसर्थ दुईवटा हेलमेट झन्झटिलो होला तर सुरक्षित अवस्य पनि छ ।
सामाजिक संजालमा भै रहेको वहसलाई हेर्दा यँहा मानिस सुरक्षालाई खासै प्राथमिकता नदिएको पाईयो । बरु सुरक्षाकै बारेमा बिभिन्न मिडियामा बहस गर्दै हिँड्ने मानिसलेनै जन्झटिलो हुने भनि अपव्याख्या गरेको समेत पाईयो । कतिपय संचार माध्यमले समेत यो कुरालाई अपव्याख्या हुने गरी सम्पादकिय छाप्ने , कार्टुन लेख्ने गरेको समेत पाईयो । के सवारी दुर्घटनाबाट हुने क्षति न्युनिकरण गर्नको लागि सचांर माध्यमको भुमिका हुदैन ? कम्तिमा झन्झटलाई रोकेर सुरक्षालाई पहिलो प्राथमिकता दिन सकेमा सवारी दुर्घटना पश्चात हुने मृत्युदरलाई ४० प्रतिशतले निश्चित रुपमा कम गर्न सकिन्छ ।
सुरक्षाको हिसावले हेर्ने हो भने दुईपांग्रे सवारी साधनको चालकले अगाडिको हेण्डिलमा हातले समातेको हुन्छ । अकस्मात दुर्घटना भै हालेमा ह्याण्डल समातेकै कारण चालक सवारी साधनबाट उछिट्टिने सम्भावना कम हुन्छ । तर पछाडी बस्ने मानिस उछिट्टिएर टाउकोमा चोट लाग्ने र टाउकोको चोटकै कारण मृत्यु हुने संभावना धेरै हुन्छ । दैनिक औसत ७ जना मानिसको मृत्यु भै रहँदा ४ जना मानिस दुईपांग्रे सवारी साधनबाट नै मृत्युको सिकार भै रहेको पाईन्छ । स्पोर्टसमा प्रयोग गरिने दुई पांग्रे सवारी साधन दुर्घटना भै हालेमा पनि सवारी चालकलाई कुनै पनि चोट लाग्दैन । घुँडा कुहिना जोगाउने तथा टाउको जोगाउनको लागि सुरक्षा बिधि अपनाय जोखिम पुर्ण मानिने दुईपांग्रे सवारी साधनमा पनि शुरक्षित रहने गतिला उदाहरण यसैसँग सम्बन्धित खेल क्षेत्रमा छन् ।
आवाज या शोखकै लागि ५ औं लाखसम्म तिरेर मोटरसाईकल किन्न सक्ने अहिलेको युवा पुस्ता सुरक्षाका लागि २५ सयको हेलमेट किन्न भने कन्जुस्याइँ गरेको पाईन्छ । ट्राफिक प्रहरीले गर्ने जरीवाना छल्नकै लागि गुणस्तर हिन हेलमेट प्रयोग गर्नेको संख्यापनि प्रसस्तै देख्न सकिन्छ । यो कुरालाई हेर्ने हो भने त हेलमेट प्रयोगको लागि पनि जनचेतना फैलाउनु पर्ने आवस्यकता देखिन्छ । गुणस्तर हिन हेलमेट हामि सबैका टाउकामा छन किनकी हामिले अहिले सम्म नेपाल गुणस्तर चिन्ह प्राप्त हेलमेट लगाउन त के देख्न समेत पाएका छैनौं । हामि हेलमेट लगाँउछौ हेलमेटको फित्ता बाध्न ध्यान दिदैनौं किनकी हामिलाई आफ्नो चिन्ता छैन हेलमेट नलगाएको भन्दै ट्राफिक प्रहरीले गर्ने जरीवानाबाट बच्नु छ । यदि हामि आफ्नो सुरक्षाका लागि हेलमेट लगाँउछौं भने हेलमेटको फित्ता बाध्नु पनि त्यतिकै जरूरी छ । हेलमेटको फित्ता बाधेनौं भने दुर्घटना हुदाँ हेलमेट फुस्किएर टाउकोमा चोट अवस्यपनि लाग्छ । फित्ता बाध्यौं भने बरु हेलमेट फुट्ला तर टाउकोमा भने चोट भने लाग्दैन , यदि हेलमेट गुणस्तरीय छ भने ।
नितिगत कुरा गर्ने हो भने कानुनमा प्रश्ट व्यवस्था भएको कुरा कार्यान्वयन गराउन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था बिभागले ढिलाई गर्न नहुने देखिन्छ । त्यस्तै हेलमेटको क्वालिटी निर्धारण गर्ने गरी उधोग मन्त्रालय अन्तर्गत रहने गरी नाप तौल तथा गुणस्तर बिभाग रहेको छ । बिभागले पनि क्वालिटी नियन्त्रण गर्न सक्ने अवस्था छ । चोटपटक नियन्त्रण गर्ने र दुर्घटना पश्चात हुने हेड ईन्ज्युरी रोक्ने गरी स्वास्थ्य मन्त्रालयले पनि यो क्षेत्रमा काम गरेर जस लिन सक्ने अवस्था देखिन्छ । गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरीले पनि कानुन कार्यान्वयन गराउन सक्ने अधिकार पाएको हुदा ट्राफिक प्रहरीलाई लगाएर भोलिबाटै कार्यान्वयन गराउन सक्ने अवस्था देखिन्छ । यद्धपि मानविय क्षतिको यो तथ्याङ्क हेर्दा किन हिचकिचाहट भइरहेको छ त्यो धेरैलाई थाहा छैन ।
दुईवटा हेलमेट लगाउने नियम कार्यान्वयन गर्न सुरक्षा थ्रेटको कारण कठिनाई छ भन्ने खालका कुरा पनि आएका छन । के दैनिक सडकमा ४ जना मानिस गुण स्तरीय हेलमेट नलगाएको कारण या हेलमेटनै नलगाएका कारण मारिँदा त्यो सुरक्षा थ्रेट होईन ? अनि त्यस्को विकल्प चाहिँ के त ? दैनिक रुपमा सिक्री लुटिनु या गोली लागिनु मात्रै सुरक्षा थ्रेट हो ? यदि हो भने चोक चोकमा सिसी क्यामेरा जडान गरेर यस्को समाधान गर्नुपर्छ । यि प्रश्न सरोकारवाला निकायका लागि निकै सोचनिय हुन सक्छन र हुनु पनि पर्छ । नियम कार्यान्वयन नभएकै या नगराएकै कारण दैनिक दुईपांग्रे सवारी साधनको दुर्घटनामा मारिएका मनिसको विषयले न संसदमा स्थान पाएको छ, न कार्यान्वय गराउने निकायमा नै । अब त हुदाँ हुदै यो विषयले संचार माध्यममा समेत स्थान नपाउने चिन्ता बढ्न थालेको छ ।
नो हर्न अभियानको शुरुवात काठ्माडौं उपत्यकामा २०७४ साल बैशाख १ गते देखि शुरू हुँदा यस्तै नकारात्मक टिका टिप्पणी प्रसस्तै सुनिन्थे। कार्यान्वयन गराउन कठिनाई थियो । कार्यान्वयनमा आयो तत्पश्चात जस लिने सरोकार वाल निकाय धेरै बने । दुई पाग्रे सवारी साधनमा पनि अनिवार्य हेलमेट लगाउने व्यवस्थाको कुरा ट्रफिक प्रहरीले सुरूवात गरेको छ यस्कालागी सरोकारवाला निकायको भुमिका खोई ? सरकारी सरोकारवाला निकायले जस लिन यो अभियानमा किमार्थ ढिलो गर्नु हुँदैन ।
(लेखक सापकोटा विगत ६ वर्षदेखि मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जमा सडक सुरक्षाको क्षेत्रमा कार्यक्रम चलाउँदै आएका छन् ।)
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...