कतार एअरवेजको सीएसआर कार्यक्रम सम्पन्न

काठमाडौं- रमदान र इदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा एक सीएसआर. (संस्थागत सामाजिक उत्तरदायित्व) कार्यक्रम सम्पन्न गरेको छ ।

अन्डरप्रिभिलेज्ड चिल्ड्रेन्स एजुकेसन प्रोग्राम नेपाल, प्रयास नेपाल, साङ्ग्रीला अफ्र्यानेज होम, र मैंत्रेय फाउन्डेसन नेपालका एक सय बालबालिकाको लागि यो कार्यक्रम आयोजना गरिएको थियो ।


Advertisement

होटल अन्नपूर्णमा भएको यस कार्यक्रमको उदघाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले गरेकी थिइन् । यस कार्यक्रममा बालबालिकाको मनोरञ्जनका लागि म्युजिकल चेयर, डोरी तान्ने (टग अफ वार), अनुहारमा चित्र बनाउनुका साथै अन्य थुप्रै खेलहरू खेलाइएका थिए।

यस कार्यक्रममा सहभागी हुने सबै बालबालिकाहरुलाई कतार एयरवेज नेपालका प्रमुख मोहम्मद एल इमामद्वारा उपहार वितरण गरिएको थियो ।

इदको अवसर पारी सीएसआर कार्यक्रमद्वारा बालबालिकाहरूको मनोरञ्जन दिने यो एक प्रयास हो भन्दै इमामले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्