×

NMB BANK
NIC ASIA

पार्टी एक, स्वार्थ अनेक

लोक सेवाको विज्ञापन रोक्न खोज्दा नेकपाभित्र एमाले-माओवादी धारको छायाँ, कांग्रेस रमिते !

जेठ २८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं –प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोक सेवा आयोगले गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएसँगै परीक्षाको तयारीमा रहेका हजारौं युवा प्रभावित भएका छन् ।

Muktinath Bank

समितिले सरकारलाई विज्ञापन नै रद्द गर्न निर्देशन दिनु गैरकानूनी रहेको भन्दै कतिपयले समितिको निर्देशनको आलोचना गरिरहेका छन् भने कतिपयले विज्ञापन समावेशी नरहेको भन्दै रद्द गर्नुपर्ने आवश्यकता समेत औंल्याएका छन् । आम जनता, कानूनविद्, सांसद र स्वयं सत्तारूढ दलका नेताहरू दुई खेमामा विभाजित भएपछि लोक सेवा आयोग नै विवादमा तानिने खतरा बढेको छ । सत्तारूढ दल नेकपामा पनि नयाँ विवादको प्रत्यारोपण भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा एक स्वतन्त्रसहित २६ जना सांसद छन् । जसमा ६ जना कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्छन् भने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट पुष्प कमल दाहाल प्रचण्ड, जनार्दन शर्मा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, झपट रावल, तिर्था गौतम, नवराज सिलवाल, विजय सुब्बा, वृजेशकुमार गुप्ता, महेश्वरजंग गहतराज, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लक्ष्मी कुमारी चौधरी र शशी श्रेष्ठ गरी १४ जनाले प्रतिनिधित्व गर्छन् । शशी श्रेष्ठ समिति सभापति हुन् । 


Advertisment
Nabil box
Kumari

नेपाल मजदूर किसान पार्टीबाट प्रेम सुवाल, राजपाबाट राजेन्द्र महतो र राजकिशोर यादव, संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र राम सहाय प्रसाद यादव पनि सोही समितिमा छन् ।

Vianet communication
Laxmi Bank

सोमवार समितिले सरकार र लोक सेवा आयोगलाई विज्ञापन खारेज गर्न निर्देशन दियो । यससँगै समितिले करारमा कर्मचारी लिन पनि निर्देशन दिएको छ । 

समितिको निर्णयमा भनिएको छ, 'स्थानीय तहको कार्यबोझलाई मध्यनजर गरी उक्त तहको कार्य सम्पादनका लागि आवश्यक पर्ने कर्मचारीहरू व्यवस्थापन गर्न हाललाई संघको दरबन्दीमा रहेका पुल र फाजिलका कर्मचारीहरूलाई स्थानीय तहमा काजमा खटाउने र स्थायी पदपूर्ति नभएसम्मका लागि आवश्यकता अनुसार निश्चित मापदण्डका आधारमा कर्मचारीहरू करारमा नियुक्ति गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने ।'

सत्तारूढ दलका सांसद नै दुई खेमामा !

समिति बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगले कर्मचारी भर्नाका लागि गरेको पछिल्लो विज्ञापन कानून अनुसार नै भएको दाबी गरेका थिए ।

पुरानो निजामती ऐनमा भएकै व्यवस्था अनुरूप आयोगले विज्ञापन गरेको र विज्ञापन कानूनसम्मत रहेको उनको भनाइपछि सत्तारूढ दलकै अन्य सांसदहरू जंगिए ।

पूर्व माओवादी खेमाका सांसदहरूले उक्त विज्ञापन संविधानको भावना र मर्मअनुसार नभएकाले समितिले त्यसलाई तत्काल रद्द गर्नुपर्ने माग गरेका थिए । तीमध्ये एक नम्बरमा थिए, जनार्दन शर्मा । स्वयं समिति सभापति शशी श्रेष्ठले पनि उक्त विज्ञापन संविधानसम्मत् नभएको दाबी गरेकी थिइन् । अध्यक्ष प्रचण्ड भने बैठकमा उपस्थित थिएनन् ।

समितिमै बोल्दै जनार्दन शर्माले मन्त्री पण्डितको भनाइप्रति आक्रोश पोखे । लोक सेवाले गरेको विज्ञापन एउटा कर्मचारीको मागसँग मात्र सम्बन्धित नभएको भन्दै संविधान कार्यान्वयनको प्रश्नलाई बेवास्ता गरेको शर्माको आरोप थियो । पछि पारिएको वर्गलाई मूलधारमा ल्याउन संविधानले समानुपातिक समावेशीको व्यवस्था गरेको तर्कसहित शर्माले विज्ञापन खारेज गर्नुपर्ने माग गरे । 

पूर्व माओवादी नेताहरू जनार्दन शर्मा, पम्फा भुसाल र रेखा शर्मा लगायत सांसदह विज्ञापन रद्द गर्नुपर्ने पक्षमा उभिए भने पूर्व एमाले नेता विजय सुब्बा, झपट रावल, नवराज सिलवाल लगायतका सांसदहरू विज्ञापन खारेज हुन नहुने पक्षमा उभिए । समितिको बैठकमा नेकपाका सांसदबीच नै मतभेद देखिएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सँगै अन्य दलका सांसदहरू पनि रमिते बने । 

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा पनि नेकपाकै सांसदहरू अमृता थापा र इन्दुकुमारी शर्माले विज्ञापन खारेज गर्ने समितिको निर्णयलाई स्वागत गरे भने अन्य चुप बसे । 

सत्तापक्षीय सांसदबीच कुनै विवाद छैन - पम्फा भुसाल, सदस्य, राज्य व्यवस्था समिति 

विज्ञापन रद्द गर्नुपर्छ भन्नेमा बलियो र आक्रामक अभिव्यक्ति दिएकी पम्फा भुसालले विज्ञापन रद्द गर्ने समितिको निर्णयमा सत्तापक्ष र प्रतिपक्ष दुवै शतप्रतिशत सहमति रहेको दाबी गरिन् ।

'सत्तापक्षीय सांसदबीच समितिमै फरक मत आएको होइन,' मंगलवार लोकान्तरसँग कुरा गर्दै भुसालले भनिन्, विजय सुब्बाजीले ३ वटामध्ये एउटा बुँदामा मात्र फरक मत रहेको बताउनुभएको हो । अन्य बुँदाहरूमा शतप्रतिसत सहमति छ । यसमा कुनै विवाद छैन । विवाद भयो भनेर जसरी बाहिर आएको छ, त्यो बिल्कुलै गलत हो ।' 

भुसालले लोक सेवा आयोगको विज्ञापन संविधानको मर्मअनुरूप नभएको दाबी गर्दै सत्तापक्षीय सांसदबीच यस विषयमा कुनै मतभेद नरहेको दाबी गरे पनि समितिमा सदस्यहरूले राखेको धारणा भने फरक फरक थियो । नेकपाकै अर्का सांसद सुब्बाले भने विज्ञापन खारेज गर्ने समितिको निर्देशन कानूनसम्मत नरहेको बताइसकेका छन् । 

लोक सेवाको प्रक्रिया रोकिँदैन - कृष्णगोपाल श्रेष्ठ, सदस्य, राज्य व्यवस्था समिति 

राज्यव्यवस्था तथा सुशासन समितिका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले समितिले निर्णय गर्दै लोक सेवाले आफ्नो प्रक्रिया नरोक्ने बताए । नेकपा सांसद श्रेष्ठ पूर्व एमाले खेमाबाट प्रतिनिधित्व गर्छन् ।

मंगलवार लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले समितिमा नेकपाकै अध्यक्ष प्रचण्ड पनि सदस्य रहेकाले पार्टीको आधिकारिक धारणा के हो भन्ने विषयमा प्रचण्ड नै जवाफदेही हुनुपर्ने बताएका छन् । 

'दूरगामी प्रभाव पार्ने यस्ता विषयहरूमा प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्छ, उहाँहरूले छलफल गरेर अघि बढ्नुपर्थ्यो,' श्रेष्ठले भने, 'राज्यव्यवस्था समितिमा स्वयं अध्यक्ष प्रचण्ड हुनुहुन्छ । क्याबिनेटबाट प्रस्तावित विधेयक भएकाले प्रधानमन्त्री विदेशभ्रमणबाट फर्केपछि छलफल गर्ने गरी अघि बढ्न पनि सकिन्थ्यो । त्यतिबेलासम्म समितिको बैठक स्थगित गरेको भएपनि हुन्थ्य्यो ।'

तर यो विषय अझै पनि छलफलको विषय भएकाले पार्टीभित्र नै विभाजन आइसकेको हिसाबले नबुझ्न आग्रह गरे । 'अब यसमा पुनर्विचार हुन्छ, छलफल भइरहेको विषय भयो,' श्रेष्ठले भने, 'प्रधानमन्त्री १ गते आउनुहुन्छ र त्यसपछि छलफल हुन्छ । तर लोक सेवाले कर्मचारी भर्ना गर्ने विधि र प्रक्रिया रोकिँदैन ।' 

लोक सेवा आयोगको विज्ञापन रद्द गरेर करारमा कर्मचारी भर्ना गर्ने हो भने त्यसले योग्यता र क्षमतालाई सम्मान नगर्ने श्रेष्ठको दाबी थियो । 'एकातिर कर्मचारी नपुगेर काम भएन भन्ने, अर्कोतर्फ लोक सेवाको विज्ञापन रद्द गर्ने ?' उनले प्रतिप्रश्न गरे, 'करारबाट कर्मचारी भर्ना गर्ने भनेको के हो ? करारबाट कर्मचारी भर्ना गर्ने भनेको त क्षमता र योग्यता अनुसार नभएर पावर लगाएर भर्ना गर्ने भनेको होइन ? निष्पक्षता, योग्यता र क्षमताको कदर नहुने ?'

समितिको यस्तो निर्णयले आफू अचम्म परेको श्रेष्ठले बताए । 'म कार्यालयमा व्यस्त हुनुपर्ने भएकाले समय दिन पनि सकिनँ,' उनले भने, 'यस्तो नहुनुपर्थ्यो । म आफैंलाई अचम्म लाग्यो । स्थगित गरेको भएपनि भइहाल्थ्यो । लोक सेवा आफैं संवैधानिक अंग हो । त्यसलाई समितिले निर्देशन दिन पनि मिल्दैन । लोक सेवाले आफ्नो नियम कानूनअनुसार कर्मचारी भर्ना गर्थ्यो ।'

भुसाल र श्रेष्ठ दुवैको भनाइले लोक सेवाको विज्ञापन रद्द गर्ने समितिको निर्णयमाथि सत्तारूढ दलका सांसदहरू नै विभाजित भएको भएको प्रष्ट देखिएको छ । यसबारेमा संसदीय दलमा कुरा उठाउने श्रेष्ठले स्पष्ट पारेका छन् भने भुसालले कुनै विमति नरहेको दाबी गरेकी छिन् । 

कांग्रेस रमिते !

कांग्रेसलाई यतिबेला चुप बस्नुपर्ने बाध्यता आइपरेको छ । लोक सेवा आयोगको विज्ञापनको पक्षमा बोल्दा संविधानमै उल्लेखित 'समानुपातिक समावेशी' व्यवस्थाको विरोध गरेको सन्देश जाने डर कांग्रेसलाई छ ।

विज्ञापन खारेजीको पक्षमा बोल्ने हो भने निजामति सेवा ऐनविपरीत गएको आरोप लाग्ने डर छ । समितिको बैठकमा विज्ञापन खारेज गर्नुपर्छ भन्ने पक्षमा बोलेका कांग्रेस सांसदहरू प्रतिनिधि सभाको मंगलवारको बैठकमा राष्ट्रव्यापी रूपमा बहसको विषय बनेको लोक सेवा आयोगको विज्ञापनका बारेमा चुप बसे । 

२४ गते बसेको समितिको बैठकमा कांग्रेसकी सांसद मीना पाण्डेले प्रतिपक्षी नभएर सत्तारूढ दलमै विभाजन देखिएको आरोप लगाएकी थिइन् भने कांग्रेसकै सांसद दिलेन्द्र बडू, अमरेशकुमार सिंह, डिला संग्रौला, राजपाका राजेन्द्र महतोलगायतले तत्काल निर्देशन जारी गरेर आयोगको विज्ञापन रोक्न माग गरेका थिए ।

समितिमा लोक सेवाको विज्ञापन रोक्नुपर्ने माग राखेको भएता पनि सदन या बाहिर औपचारिक रूपमा नेपाली कांग्रेसले यसबारेमा कुनै धारणा सार्वजनिक गरेको छैन । प्रवक्ता विश्वप्रकाश शर्माले यसबारेमा अहिले नबोल्ने भन्दै पार्टीभित्र छलफल गरेर छिट्टै कांग्रेसको धारणा सार्वजनिक गर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x