माछापुच्छ्रे बैंकको थप ४ नयाँ शाखा तथा १२ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । 

बैंकले यही जेठ २८ गते मंगलवार सुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोही जिल्लाकै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा जेठ ३० गते बिहीवार झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थित चन्द्रगढी (चाराली रोड) र सोही जिल्लाकै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरूको औपचारिक रूपमा उद्घाटन गरेको हो । 


Advertisement

सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरेका हुन् ।

त्यसैगरी झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्त रूपमा उद्घाटन गरे भने काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालीकाका मेयर बिमल आचार्यले उद्घाटन गरेका हुन् ।  


Advertisement

यसैगरी बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तनहुँ, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ-नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । 

बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११० वटा शाखाहरू र ११२ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २२२ स्थानबाट ग्राहकलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ । 

कमेन्ट गर्नुहोस्