डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जना पक्राउ

काठमाडौं-डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीले भक्तपुर साँगावाट आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ घर भई हाल काभ्रे पाँचखाल बस्ने जित बहादुर तामाङ र सोही ठाउँ घर भई हाल धुलिखेल बस्ने राम बहादुर तामाङ रहेका छन् । 
जित बहादुर र राम बहादुरले नयाँ बसपार्क र बौद्ध क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाई विदेशबाट फर्किएका व्यक्तिहरुलाई डलर र सुन साट्ने लगायत अन्य विदेशी रकम बढीमा साटी दिने भन्दै वण्डलको अगाडि र पछाडि मात्रै सक्कली नोट राखी भित्रतर्फ कागज राखेर  नक्कली पैसाको बण्डल साटी भागि हिँड्ने गरेको खुल्न आएको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्