नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आईएमई

काठमाडौं–नेपाल लोकस्टारको मुख्य प्रायोजकमा आइएमई आबद्ध भएको छ । नेपाल लोकस्टार कार्यक्रमको मुलभावसँग प्रभावित भई यस कार्यक्रम निर्माणमा प्रमुख प्रायोजकको रुपमा आइएमई आबद्ध भएको हो ।

विश्व प्रतिष्ठित रेमिट्यान्स तथा डिजिटल सर्भिस कम्पनी आइएमई र लोकस्टारबीच यस विषयमा मंगलवार सम्झौता भएको हो । आइएमई र नेपाल लोकस्टारबीच सम्झौता दुई सिजनको लागि  गरिएको जनाइएको छ ।


Advertisement

सम्झौतासँगै कार्यक्रमको नाम ‘आइएमई नेपाल लोकस्टार’ रहने जनाइएको छ । सम्झौता अन्तरगत आइएमई नेपाल लोकस्टारको भोटिङ राउण्डमा एमर्फत गरिने सबै भोटिङ पेको एपमार्फत हुने बताइएको छ ।
सदैव नेपाली जनताको निम्ती समर्पित एक जिम्मेवार कम्पनी आइएमईको साथले नाम आइएमई नेपाल लोकस्टार थप उचाईमा पुग्ने आयोजकको विश्वास छ ।

लोकसंगीत नेपालको सर्वाधिकचर्चित संगितविधा हो । यस विधामा प्रत्येक वर्ष हजारौ गीत रिलिज हुन्छन् । युट्यूव तथा  अन्य श्रव्य दृष्य संचार माध्यमहरुमा करोडौ पटक हेरिन्छन् । संगीत विधाहरुमध्ये सबैभन्दा धेरै उत्पादनमूलक विधापनि लोक संगीत बताइन्छ ।


Advertisement

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीत का स्रष्टा आफैले गर्ने गरेका छन् । लोकसंगीतलाई व्यावसायीक बनाउने प्रयास स्वरुप नेपाली टिभी च्यानलमा सर्वाधिक रुचाइएको रियालिटी शो विधासंग लोक संगीतलाई समायोजन गरी नेपाल लोक स्टार कार्यक्रम जन्मेको हो । यस कार्यक्रमको लागत करिब १० करोड रुपैयाँ रहेको छ ।

यसको निर्माण चाहना मिडियाले आफ्नै मौलिक संगीतलाई अन्तर्राष्ट्रि ढाँचामा ढालेर आफ्नै नेपाली ब्राण्डमा बन्न लागेको शो को निर्माणमा संलग्न सम्पूर्ण जनशक्ति नेपाल आइडल सिजन दुई को र बग्गिवुग्गि सिजन एकको निर्माणमा संलग्न व्यक्तिहरु रहेका छन् ।

यस कार्यक्रमको प्रोत्साहन र  बजार व्यवस्थापन गर्नको लागि एडिउपिए प्राइभेट लिमिटेड लाई आधिकारीक एजेन्सि दिएको छ । ७ वटै प्रदेशमा अडिसन आयोजना गरी हजारौको संख्यामा आएका लोक दोहोरी गायक गायिकाहरुमध्येबाट सरदर प्रति प्रदेश ५० प्रतिस्पर्धी खुल्ला अडिसनबाट छनोट गरिएको थियो ।

खुल्ला अडिसन फाल्गुन १६ गते शुरु भई चैत्र २५ गते समाप्त भएको थियो । त्यस पश्चात् खुल्ला अडिसन बाट छनौट भएका ३ सय ५० प्रतिस्पर्धीहरुलाई प्रदेश अनुसार जज अडिसनमा सहभागी गराइएका थिए ।
 जज अडिसनबाट  १सय ९ प्रतिस्पर्धी छनोट भई मेगा अडिसनमा प्रवेश गरेका थिए । जसबाट जजहरुले शिर्ष २५को टनौट गरिसकेका छन् । नेपाल लोकस्टारबाट तीन जना विजेता छनोट गरिने छ । जसमा प्रथम विजेतालाई ५० लाख द्धितीय विजेतालाई २५लाख र तृतिय विजेतालाई १० लाख नगद पुरस्कार का साथै तीनै विजेतालाई एल्बमको कन्ट्र्याक्ट दिइने छ ।

नेपाल लोकस्टारको जजहरुमा जयन्द लामा बिबि अनुरागी, सुनिता दुलाल र रामजी खाँड रहेका छन् । मेगा अडिसनसम्मको सबै शुटिङ पुरा भइसकेको छ र आगामी असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण एपिवन टिभीबाट हुने छ ।  यो कार्यक्रम वटा ३६ श्रृखलानिर्माण गरिने छ ।

दुई पक्षबीचको सम्झौताका अन्य पाटो नन डिस्क्लोजर एग्रिमेन्ट अन्तरगत सार्वजनिक गरिने छन् । नेपाली लोक संगीतका लागि आइएमई नेपाल लोकस्टार कोसेढुङ्गा सावित हुने छ र यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने विश्वास आयोजकले लिएको छ । 

कमेन्ट गर्नुहोस्