भारतसँग हारेपछि पाकिस्तानी क्रिकेट टीममाथि प्रतिबन्ध लगाउन निवेदन दायर

काठमाडौं – इंग्ल्यान्डमा चलिरहेको विश्वकप क्रिकेटमा भारतसँग हारेपछि पाकिस्तानी खेलाडीहरूले प्रशंसक र पूर्वक्रिकेटरहरूको आलोचना सहनुपरेको छ । 

एक प्रशंसकले मंगलवार पञ्जाब प्रान्तको गुजराँवाला सिभिल कोर्टमा निवेदन दायर गरेर पाकिस्तान क्रिकेट टीममाथि प्रतिबन्ध लगाउन र छनोट समिति बर्खास्त गर्न माग गरे । न्यायाधीशले पाकिस्तान क्रिकेट बोर्डका अधिकारीहरूलाई यस सम्बन्धमा नोटिस जारी गरेका छन् । 


Advertisement

निवेदकको नामको खुलासा गरिएको छैन । 

पाकिस्तानी मिडियामा आएको खबरअनुसार, पीसीबीका अधिकारीहरूले महत्त्वपूर्ण बैठक गरेर टीम व्यवस्थापनमा ठूलो परिवर्तन गर्न सक्ने देखिन्छ । प्रशिक्षक मिकी आर्थरको सम्झौता नथप्ने निर्णय लिँदै उनलाई निकालिने सम्भावना पनि रहेको छ । टीम व्यवस्थापक तलत अली र बलिङ कोच अजहर महमूदलाई पनि निकालिन सकिन्छ । 


Advertisement

म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा आइतवार खेलिएको खेलमा भारतले पाकिस्तानलाई ८९ रनले हराएको थियो । 

अहिले पाकिस्तान तीन अंकका साथ नवौं स्थानमा छ । ऊ अफगानिस्तानभन्दा मात्र माथि छ । पाकिस्तानले पाँच म्याच खेलेकोमा जम्मा एउटामा जितेको छ भने एउटा म्याच वर्षाका कारण हुन सकेन ।

एजेन्सी 
 

कमेन्ट गर्नुहोस्