×

NMB BANK
NIC ASIA

चलाख चोर

प्रहरीलाई नै चकित पार्ने मोटरसाइकल चोर, २ दिनमै फेर्छन् पार्टपुर्जा

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गत जेठ ३० गते साँझ चाबहिल चोकमा पार्किङ गरेको मोटरसाइकल चोरी भयो । बजाजको २२० सीसीको पल्सर बाइक कालोरातो रङको थियो । 

Muktinath Bank

प्रदेश नम्बरमा निकालेको २० दिनमै चोरी भयो मोटरसाइकल । हराएको अर्को दिन ३१ गते मोटरसाइकल धनी श्याम (नाम परिर्वतन) ले महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा निवेदन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय ट्राफिक प्रहरीको चोरी नियन्त्रण गर्ने शाखाले सादा पोशाकका ट्राफिक प्रहरीको टोली मोटरसाइकल खोजीमा खटायो ।


Advertisment
Nabil box
Kumari

मोटरसाइकल चोरी भएको ३ दिनपछि असार १ गते २७ लटको शंकास्पद बाइकलाई सादा पोशाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिए । शंकास्पद मोटरसाइकलमा हालसालै आएको मोटरसाइकलको पार्टपुर्जा देखिएपछि नियन्त्रणमा लिइएको थियो । प्रहरीले सँगै मोटरसाइकल धनीलाई पनि नियन्त्रणमा लियो । 

Vianet communication
Laxmi Bank

छानबिनका क्रममा ट्राफिक प्रहरीले शंकास्पद मोटरसाइकलका धनीलाई सोध्यो –

– तपाईंले पुरानो बाइकमा किन नयाँ पार्टपुर्जा फेर्नुभएको ?
– प्राविधिक परीक्षण गरेर पार्टपुर्जा फेर्नुभएको हो कि ?
– तपाईले सवारी दुर्घटनामा परेर फेर्नुभएको हो कि ?

ट्राफिक प्रहरीले प्रश्नै–प्रश्न तेस्र्यायो । त्यसपछि मोटरसाइकल धनीले एउटा बयान दिए । उनले भक्तपुरमा रहेको साथीको ग्यारेजमा मोटरसाइकलको पार्टपुर्जा फेरेको बताए ।

प्रहरीको शंका थियो – शंकास्पद मोटरसाइकलमा भेटिएका पार्टपुर्जा कतै ३० गते हराएको मोटरसाइकलका त होइनन् ? 

प्रहरीले थप प्रष्ट हुन खोज्यो । प्रहरी नियन्त्रणमा रहेका मोटरसाइकल धनीसहित सादा पोशाकका ट्राफिक प्रहरी पार्टपुर्जा फेरेको ग्यारेजतर्फ लागे । यसबीच प्रहरीलाई हराएको मोटरसाइकल पाइन्छ कि भन्ने आशा पलाउँदै थियो ।

ग्यारेजमा पुग्दा प्रहरी अचम्ममा पर्‍यो । ग्यारेजमा ३० गते हराएको मोटरसाइकलको ‘अस्थिपञ्जर’ र ‘च्यासिस’ नम्बर टुक्रा–टुक्रा अवस्थामा फेला पर्‍यो । चोरी भएको ३ दिनमै सबै पार्टपुर्जा अर्को मोटरसाइकलमा फेरिएको प्रहरीले फेला पार्‍यो । मोटरसाइकल हराएको उजुरीमा रहेको ‘च्यासिस’ नम्बर ठ्याक्कै मेल खायो ।

प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल र हराएको निवेदन परेको मोटरसाइकलको च्यासिस नम्बर र इन्जिन नम्बर मिलेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्तकुमार पन्तले लोकान्तरलाई बताए ।

‘वास्तविक सवारी धनीले निवेदन दिँदा आफ्नो सवारीको सम्पूर्ण विवरण निवेदनका साथमा दिनुपर्छ । त्यो विवरण महाशाखाको कम्प्यूटरमा अभिलेख हुन्छ । शंका लागेको सवारीको विवरण मेल खाएका सवारीसहित मानिसलाई पनि नियन्त्रणमा लिन्छ,’ उनले भने ।

च्यासिस नम्बर र इन्जिन नम्बर मिलेपछि प्रहरीले ग्यारेज साहुलाई पनि नियन्त्रणमा लियो । सँगसँगै मोटरसाइकलको च्यासिस र इन्जिन पनि प्रहरीले बरामद गर्‍यो ।

मोटरसाइकलमा पार्टपुर्जा फेर्ने र फेराउने दुवैलाई ट्राफिक प्रहरी महाशाखाले थप अनुसन्धानको लागि अपराध अनुसन्धान महाशाखा टेकुमा पठाएको छ ।

मोटरसाइकल चोरी हुने क्षेत्र

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै मोटरसाइकल चोरी हुने क्षेत्रको रुपमा बौद्धलार्ई लिइने ट्राफिक प्रहरीका एक हवल्दारले बताएका छन् । ‘सबैभन्दा धेरै त बौद्धबाट हराउँछ । बालाजु, नयाँ बसपार्क, चावहिल, कोटेश्वर, न्यूरोड लगायत भीडभाड हुने सबैजसो ठाउँबाट मोटरसाइकल हराउने गरेका छन्,’ उनले भने ।

कति हराए मोटरसाइकल ?

आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ४ सय ४४ वटा मोटरसाइकल हराएको निवेदन ट्राफिक प्रहरी महाशाखामा परेका छन् । जसमा ३ सय ४५ वटा मोटरसाइकल अनुसन्धानमा ल्याइएको छ । ल्याएका मोटरसाइकलमध्ये २ सय ४१ वटा मोटरसाइकल सम्बन्धित सवारीधनीलाई बुझाइएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्तराज पन्तले बताए ।

अन्य ४८ वटा मोटरसाइकलसहित ६७ जनालाई चोरी कसूरमा मुद्दा चलाउन अपराध महाशाखा र ४२ वटा मोटरसाइकल भन्सारमा पठाएको पन्तले लोकान्तरलाई बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x