सार्कको स्थगित शिखर सम्मेलन यथाशीघ्र सम्पन्न गर्न नेपालद्वारा विभिन्न मुलुकसँग समन्वय

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को स्थगित शिखर सम्मेलन आयोजना गर्न नेपाल सरकारले पहल गर्ने भएको छ ।

बिमस्टेकलाई सार्कको प्रतिस्पर्धी नभइ एकअर्काका परिपुरक बनाउन नेपालले प्रयास गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । 


Advertisement

सोमवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत परराष्ट्र मन्त्रालयको शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले क्षेत्रीय मञ्चलाई प्रभावकारी बनाइने बताएका हुन् । 

‘सार्कको स्थगित शिखर सम्मेलन आयोजना गर्नेतर्फ वातावरण सहज बनाउन नेपालले प्रयास गर्नेछ । बिमस्टेकलाई सार्कको प्रतिस्पर्धी नभइ एकअर्काको रुपमा परिपुरक बनाउन अगाडि बढाउनुपर्छ,’ मन्त्री ज्ञवालीले भने । 


Advertisement

पाकिस्तानमा हुने भनिएको सार्कको शिखर सम्मेलन हुन सकेको छैन । संयुक्त राष्ट्र संघको महासभा बैठकको अवसरमा सार्क विदेशमन्त्रीसँग छलफल गर्न सार्क शिखर सम्मेलनका लागि प्रयास गरिएको उनले बताए । 

‘सार्कको वर्तमान अध्यक्ष राष्ट्रको हैसियतले सार्कको आगामी शिखर सम्मेलन यथाशीघ्र हुनुपर्नेमा नेपाल प्रतिवद्ध छ र सहमतिका लागि विभिन्न मुलुकसँग समन्वय गरिरहेको छ,’ मन्त्री ज्ञवालीले भने । 

नयाँ सरकार गठन भएपछि विभिन्न मुलुकसँग ४ दर्जन सम्झौता भएका सम्पन्न भएका मन्त्री ज्ञवालीले जानकारी दिए । 
 

कमेन्ट गर्नुहोस्