चितवन – नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नम्बर ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ ।
सोमवार राति नवलपुरको गैंडाकोट नगरपालिका–२ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना७ख ७७१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।
लोकान्तर संवाददाता