पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
काठमाडौं – एक वर्षअघि नै सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निर्माणको काम अझै आधा पनि सम्पन्न भएको छैन ।
पाँचथरको चिवा भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म १७ सय ७६ किलोमिटर लामो उक्त सडक आयोजना गत आर्थिक वर्ष २०७४/०७५ मै सम्पन्न हुनुपर्ने भएपनि हालसम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०६४/०६५ देखि शुरू भएको उक्त आयोजना आव २०६८/०६९ देखि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि पनि गत आर्थिक वर्ष २०७४/०७५ मै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाले जानकारी दिएको छ ।
अन्य आयोजनासँग समेत समन्वय गर्नुपर्दा काममा केही ढिलाइ भएको आयोजनाका अधिकारीहरूको जिकिर छ ।
‘शुरूमा गत वर्ष नै सकिने लक्ष्य राखिएको थियो,’ आयोजनाका प्रवक्ता नरायण पौडेलले भने, ‘सबै नयाँ बाटो हामीले मात्रै बनाएका हैनौं । कतिपय स्थानमा पुरानै बाटोलाई जोड्दै जाने र त्यस्तो अवस्थामा अरूसँग समेत समन्वय गर्नुपर्दा केही ढिलाई भएको हो ।’
कुल १७ सय ७६ किलोमिटर लम्बाइ रहेको आयोजनामध्ये करीब १३ सय किलोमिटर मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत निर्माण भइरहेको छ । बाँकी काम सडक विभाग अन्तर्गत नै अन्य आयोजनाले गरिरहेको आयोजनाका प्रवक्ता पौडेलले बताए ।
‘अन्य आयोजनाहरूले पनि सडक निर्माण गरिरहेका छन्,’ प्रवक्ता पौडेलले भने, ‘जस्तै भोजपुरको निबुगाडदेखि भोजपुर जोड्ने खण्ड एडीबीले बनाइराखेको छ । यस्तोमा एडीबीसँगको समन्वय आवश्यक पर्छ । त्यसैगरी अरूसँग पनि समन्वय गर्नुपर्ने हुन्छ, ।’
पौडेलका अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत निर्माण भइरहेकोमध्ये अहिलेसम्म ट्र्याक खोल्ने काम सबै सम्पन्न भइसकेको छ । त्यस्तै करीब ३ सय किलोमिटरमा ग्राबेल समेत भइसकेको छ ।
‘अहिलेसम्म ट्र्याक खोल्ने काम सबै सम्पन्न भइसक्यो,’ उनले भने, ‘यसरी ट्र्याक खोल्ने र ग्राबेल गर्ने लगायतका काम गरेर हाम्रोअन्तर्गत समग्रमा ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’
पछिल्लो सयम पुरानो बाटोलाई जोड्दै गएकाले आयोजना निर्माणको अवधि घट्ने आयोजनाका अधिकारीहरू बताउँछन् । सरकारले लिएको संशोधित लक्ष्यसम्म आयोजना निर्माणको काम सम्पन्न गरिने आयोजनाको दाबी छ । राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने सरकारको संशोधित लक्ष्य आर्थिक वर्ष २०७७/०७८ रहेको छ ।
राष्ट्रिया योजना आयोगका अनुसार कुल १७ सय ७६ किलोमिटर लम्बाइ रहेको उक्त सडक निर्माणका लागि ७९ अर्ब १८ करोड रुपैयाँ लागत लाग्ने अनुमान रहेको थियो । सो मध्ये हालसम्म करीब २७ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
गत आर्थिक वर्ष २०७४/०७५ मा यो आयोजनाका लागि कुल बजेट ७ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । सो रकम सबै खर्च भएको थियो । त्यस्तै चालू आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ५५ करोड २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो मध्ये चालू आवको गत चैतसम्म ३ अर्ब ८८ करोड रुपैयाँ खर्च भइसकेको योजना आयोगले जानकारी दिएको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणका लागि मुलुकका विभिन्न पाँच स्थानमा कार्यालय स्थापना गरेर काम भइरहेको छ । काठमाडौंमा निर्देशनालय रहेको आयोजनाको पाँचथर, काभ्रे, गोरखा, पर्बत र दैलेखमा योजना कार्यालयहरू रहेका छन् ।
आयोजना निर्माणमा समस्या
भविष्यमा निर्माण हुने सुनकोशी, सप्तकोशी लगायतका जलविद्युत् आयोजनाहरूबाट डुबानमा पर्न सक्ने सडक खण्ड निर्माणमा अन्यौलता सिर्जना भएको आयोजनाले जानकारी दिएको छ ।
त्यस्तै जग्गा रेखांकन तथा अधिग्रहणमा समस्या र प्राविधिक जनशक्तिको अभाव रहेकाले केही समस्या आएको आयोजनाका प्रनितिधिहरूको दाबी छ ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...