×

NMB BANK
NIC ASIA

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

असार १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्जिनीयरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

छात्रवृत्ति तथा उत्कृष्टता सम्मान ललितपुरस्थित होटल हिमालयमा आयोजित एक विषेश कार्यक्रममा विद्यार्थीका अभिभावकहरू, इन्जिनीयरिङ अध्ययन संस्थानका प्राध्यापकहरू र अन्य पाहुनाहरूको माझ प्रदान गरिएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत, एनसेलले २०७६ साल देखि २०८० सालसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनीयरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ । यसअघि एनसेलले उत्कृष्ट विद्यार्थीहरूलाई २०७१ देखि २०७५ सम्म ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ । 


Advertisment
Nabil box
Kumari

एक जिम्मेवार व्यावसायिक नागरिकका रूपमा, प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउँदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्‍याउन इन्जिनीयरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा २०७१ मा यो छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरिएको थियो । २०७१ देखि २०७५ सम्मको पाँच वर्ष अवधिमा ६० जना विद्यार्थीहरूले एनसेल छात्रवृत्ति पाएका छन् भने २० जना विद्यार्थीहरू एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । 

Vianet communication
Laxmi Bank

यो वर्ष एनसेल छात्रवृत्ति एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रार, वित्तीय प्रमुख कनिश्क गयान विक्रमा, चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफ र सुरक्षा तथा प्रशासन प्रमुख महेन्द्र कुमार भट्टचनले प्रदान गरेका थिए । त्यसैगरी एनसेल उत्कृटता सम्मान इन्जिनीयरिङ अध्ययन संस्थानका डिन प्राध्यापक रामचन्द्र सापकोटा र एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले संयुक्त रूपमा विद्यार्थीहरूलाई प्रदान गरेका थिए । 

यस वर्ष १८ वटा शीर्षक अन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, कम्प्युटर, सिभिल र मेकानिकल संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ । 

'एनसेल छात्रवृत्ति उत्कृष्ट तथा मेहनती विधार्थीहरूका लागि एउटा ठूलो प्रोत्साहन भएको छ । शैक्षिक उत्कृष्टता र युवा प्रतिभाको प्रवर्द्धन गर्ने एनसेल उत्कृष्टता सम्मानले स्नातक तह पूरा गर्ने विधार्थीहरूका लागि एक छुट्टै विषेशता बोकेको छ । यस कार्यक्रमका लागि २०७१ साल देखि एनसेलसँग साझेदारी गर्न पाएकोमा हामी गौरव गर्दछौं र आउँदा वर्षहरूमा पनि यो सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छौं,' पुल्चोक क्याम्पसका प्रमुख प्रा. डा. लक्ष्मण पौडेलले भने । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने, 'यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम मार्फत इन्जिनीयरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग फेरी दोश्रो चरणको सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं । इन्जिनीयरिङ संकायमा अध्यनरत उत्कृष्ट प्रतिभाहरूको शैक्षिक उत्कृष्टताको कदर गर्न पाएकोमा हामी निकै खुशी छौं । विकासलाई गति दिनका लागि दक्ष तथा कुशल प्राविधिक जनशक्ति अत्यावश्यक पर्छ । यस अभियान अन्तर्गत पुल्चोक क्याम्पससँग थप ५ वर्षको लागि सहकार्य गर्न पाएकोमा हामी गौरवान्वित छौं । व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत, शिक्षा क्षेत्र हाम्रो प्राथमिकतामा छ र एक जिम्मेवार व्यवसायिक नागरिकका रूपमा आगामी वर्षहरूमा पनि शिक्षा क्षेत्रमा थप सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउन चाहन्छौं ।'

एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्छन् भने पाँचवटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्छन् ।

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरू मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्छन् । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x