पशुपतिस्थित कलिको मूर्ति बाहिर आएपछि संसार ध्वस्त हुने अफवाहबारे पुजारीले खोले रहस्य

हिन्दू धर्मशास्त्रका अनुसार ब्रह्माण्डमा सृष्टिका ४ युग छन्, क्रमशः सत्य, त्रेता, द्वापर र कलि । सबैभन्दा अन्त्यमा आउने युग हो कलि, जो अहिले चलिरहेको बताइन्छ । 

कलि युगलाई महिला, मदिरा र मांसहारी हाबी हुने युगको रूपमा पनि व्याख्या गर्ने गरिन्छ । विकृतिले जताततै ढाक्ने युगको रूपमा चित्रण गरिएको छ, कलिलाई । 


Advertisement

कलि युगको अन्त्यसँगै संसार ध्वस्त हुने र पुनः सत्य युगको आगमन हुने भनेर पनि धर्म शास्त्रहरूमा व्याख्या गरिएको छ ।

कतिपयले कलि अन्तिम चरणमा रहेको पनि बताउने गरेका छन् ।


Advertisement

नेपालमा एउटा के हल्ला पनि छ भने, ‘हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरको पछाडिपट्टि रहेको विरुपाक्ष अर्थात् कलिको मूर्ति पूरै जमिनको सतहमा आएपछि संसार ध्वस्त हुन्छ ।’

कतिपयलाई यही कुराले त्रसित् बनाउने गरेको छ । 

आर्यघाटस्थित विशिष्ट व्यक्तिहरूलाई जलाउने स्थाननजिकै रहेको कलिको मूर्ति सतहमा पहिलेभन्दा माथि आइरहेको छ त ? उक्त मूर्ति पूरै सतहमा आएपछि संसार ध्वस्त हुने हल्ला के हो ? कसरी शुरू भयो कलि युग ?

यी प्रश्नहरूको जवाफमा मातृगमन (आमासँग सम्भोग) सम्मको विकृति र कलिको उत्पति अनि संसार ध्वस्त हुने हल्लाबारे कलि मन्दिरका पुजारी मदन भट्टले लोकान्तरसँग चर्चा गरेका छन् ।

बाँकी हेर्नुहोस्, भिडियोमा :

कमेन्ट गर्नुहोस्