मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
असार २३, २०७६
काठमाडौं – अफ्रिका कप अफ नेसन्सबाट आयोजक राष्ट्र इजिप्ट प्रिक्वार्टरफाइनलमा दक्षिण अफ्रिकासँग हारेपछि मोहम्मद सलाहले बालून दोर जित्ने सम्भावना क्षीण बनेर गएको छ ।
थेमबिनकोसी लोर्चले अन्तिमतिर गरेको गोलले कायरोमा दक्षिण अफ्रिका विजयी भएर क्वार्टरफाइनलमा पुग्यो । यो प्रतियोगिता सलाहको नेतृत्वमा इजिप्टले जित्ने धेरैले अनुमान गरेका थिए ।
तर इजिप्ट प्रतियोगिताबाट छिट्टै बाहिरिएपछि व्यवस्थापक हाभिएर अगिरलाई बर्खास्त गरिएको छ ।
अगिरले नै दक्षिण अफ्रिकासँगको भिडन्तअघि इजिप्टका स्टार खेलाडी सलाहले इज्प्टिलाई जिताएर बालून दोरमा दाबी मजबूत गर्ने बताएका थिए ।
सलाहले आफ्नो क्लब लिभरपूललाई च्याम्पियन्स लीग ट्रफी जिताएपछि घरमा आएर इजिप्टलाई अफ्रिकी कप जिताउन चाहेका थिए ।
यस वर्षको बालून दोरका लागि सलाह, उनका क्लबका साथी तथा नेदरल्यान्ड्सका कप्तान भर्जिल भ्यान डाइक, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो अग्रपंक्तिमा छन् ।
तर रोनाल्डोले युभेन्टसलाई अनि मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लीगको फाइनलमा पुर्याउन नसकेपछि राष्ट्रिय टोलीलाई दिलाएको ट्रफीका आधारमा कुनै खेलाडीले बालून दोर जित्ने सम्भावना रहेको संकेत धेरैले दिएका छन् ।
अर्जेन्टिनालाई मेस्सीले कोपा अमेरिकाको फाइनलमा पुर्याउन नसकी तेस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा पनि उनले विवादास्पद रूपमा रातो कार्ड पाएका थिए ।
उनका चिर प्रतिस्पर्धी रोनाल्डोले चाहिँ आफ्नो देशलाई यूईएफए नेसन्स लीगको उपाधि दिलाएका थिए । फाइनलमा पोर्चुगलले नेदरल्यान्ड्सलाई हराएको थियो ।
रोनाल्डोले सेमीफाइनलमा स्विट्जरल्यान्डविरुद्ध ह्याटट्रिक हानेका थिए ।
युभेन्टसका नयाँ प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डोलाई अर्को सीजनमा थप खतरनाक बनाउने रणनीति अपनाउने बताएपछि विपक्षी टीमहरूको होश उडेको छ ।
अघिल्लो सीजनमा रोनाल्डोले युभेन्टसका लागि सबै प्रतियोगितामा गरी २८ गोल हानेका थिए । उनका प्रतिस्पर्धी मेस्सीले भने बार्सिलोनाका लागि ५१ गोल हानेका थिए ।
सलाहले लिभरपूलका लागि २७ गोल गरे तर इजिप्टलाई फाइनलमा पुर्याएको भए उनले बालून दोर जित्ने प्रबल सम्भावना हुन्थ्यो । पोहोर साल लुका मोड्रिचले आफ्नो क्लब रियाल मड्रिडलाई च्याम्पियन्स लीग जिताएर अनि देश क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्याएर बालून दोर जितेका थिए ।
बालून दोरका अन्य प्रतिस्पर्धीमा लिभरपूलका सादियो माने र एलिसन बेकर पनि छन् ।
क्लबको सीजन शुरू भएपछि खेलाडीहरूले गर्ने प्रदर्शनले पनि बालून दोरको विजेता सुनिश्चित गर्नेछ ।
तर अन्तर्राष्ट्रिय फूटबल उपाधि जितेकाले रोनाल्डोले नै बालून दोर जित्ने प्रबल सम्भावना छ । उनले उपाधि जिते भने प्रतिस्पर्धी मेस्सीभन्दा एक उपाधि बढी हुनेछ ।
आरटीबाट
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...