×

NMB BANK
NIC ASIA

प्रतिबन्धपछि विप्लव समूहका ८ नेता–कार्यकर्ता मारिए, प्रदेश प्रहरीमा डीआईजीको नेतृत्व

असार २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बुधवार बिहान भोजपुरमा ‘दोहोरो भिडन्त’का क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सादा पोशाकमा गएका प्रहरी टोलीमाथि विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्ताले फायर गरेपछि प्रहरीले जवाफी कारवाही गर्दा २ जनाको मृत्यु भएको प्रहरीको दाबी भएपनि विप्लव नेतृत्वको उच्च स्रोतले घटना दोहोरो भिडन्त नभएको दाबी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो तर्फबाट कुनै फायरिङ नभएको र प्रहरीलाई लागेको गोली कताबाट चलेको हो त्यसको स्वतन्त्र पुष्टि हुनुपर्ने माग विप्लव नेतृत्वको नेकपाले राखेको छ । 


Advertisment
Nabil box
Kumari

यसअघि विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता तीर्थराज घिमिरे भोजपुरमै मारिएका थिए भने सर्लाहीमा कुमार पौडेल प्रहरीको कारवाहीमा परेर मारिए । काठमाडौंमा आफैले बनाएको बम विस्फोटमा परी विप्लव नेतृत्वको नेकपाका ४ कार्यकर्ता मारिएका थिए भने नख्खुस्थित एनसेलको मुख्यालयमा भएको बम विस्फोटमा १ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

Vianet communication
Laxmi Bank

काँग्रेसको ध्यानाकर्षण 

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भोजपुरमा बुधबार प्रहरी जवान सञ्जीव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएको र नेत्र विक्रम चन्दले नेतृत्व गरेको समूहका कार्यकर्ता निरकुमार राई मारिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । 

    पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्य पुनः सामना गर्न किमार्थ तयार नभएको उल्लेख गरेका छन् । 

    मुलुकका विभिन्न स्थानमा यसअघि भएका र बुधबारको घटनाले अव विषयलाई गम्भीर रुपमा लिन र समाधानको खोजी गर्न सरकार र विद्रोही दुवै पक्षलाई पर्याप्त दबाब बढाएको भन्ने काङ्ग्रेसको अपेक्षा छ । 

    काङ्ग्रेसले विद्रोही विप्लव समूहलाई हत्याहिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुनः अपिल गर्दै विगतमा हिंसात्मक विद्रोहले अन्ततः त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य स्मरण गराएको छ । 

    “संविधानलाई अस्वीकार गरेर गतिविधि गरिरहेका सबै खाले समूहलाई वार्तामार्फत विश्वासमा लिने कर्तव्य सरकारको हो । हिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको काङ्ग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक हुनेछ”, विज्ञप्तिमा उल्लेख छ ।

    काङ्ग्रेसले जनताको बलिदानिपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि संवादमार्फत समाधान पहिल्याउन तथा शान्तिपूर्ण समाधानको विकल्प रोज्न अपिल गरेको छ । सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको काङ्ग्रेसले भोजपुरको बुधबारको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । 

बुधबारको कान्तिपुर दैनिक लेख्छ– प्रतिबन्धपछिको द्धन्द्धका क्रममा विप्लव  समूहका ८ नेता कार्यकर्ताको मृत्यु भएको छ । विप्लव समूहको आक्रामणमा एक सर्वसाधारण र एक प्रहरी जवानको पनि ज्यान गएको छ ।

प्रदेश प्रमुखमा ‘प्रहरी नायब महानिरीक्षक’
    
नेपाल प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहने भएका छन् ।  प्रहरी समायोजन भएर जाँदा प्रदेश प्रहरी प्रमुखमा डिआइजी राख्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यबीच यस्तो सहमति जुटेको हो । प्रदेश प्रमुखको पदको नाम भने निक्र्योल भइसकेको छैन ।

    ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिमा छलफल जारी छ । संसद्मा दर्ता भएको उक्त विधेकको दफा ३ को उपदफा ५ मा दरबन्दी सिफारिस गर्दा प्रदेश प्रहरीको पदमा कायम हुने नेपाल प्रहरीको दरबन्दी र पदसमेत यकिन गरी नेपाल प्रहरीको पद प्रमुख हुने प्रदेश प्रहरी कार्यालयमा सङ्घीय कानूनबमोजिम अपराध अनुसन्धान गर्ने प्रयोजनका लागि आवश्यक सङ्ख्यामा नेपाल प्रहरीको दरबन्दी रहने गरी सिफारिस गर्नुपर्ने उल्लेख छ । उक्त बुँदामा प्रदेश प्रमुखको पदमा कुन तहको हुने भन्ने किटान गरिएको थिएन । संसद्मा दर्ता भएको विधेयकको उक्त बुँदा परिमार्जन गरी पद किटान गरिएको हो ।

    समितिमा प्रदेश प्रमुख भएर जाने एआइजीले प्रदेश प्रहरीकै पोसाक र दज्र्यानी चिह्न लगाउनेमा समेत सहमति जुटेको छ । प्रदेश प्रहरी प्रमुखहरु प्रहरी महानिरीक्षक बन्ने बाटो भने खुला राखिएको छ । प्रदेश प्रहरी प्रमुखलाई सङ्घीय सरकारले सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ ।

    विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश

    सर्वोच्च अदाललते भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय रोक्न आदेशको माग गर्दै दायर गरेका तीन निवेदनको पहिलो सुनुवाइमा सो अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

    आदेशमा भनिएको छ, ‘फलफूल र तरकारीको नेपालमा आयात गर्नुपूर्व परीक्षण गरिएको विषय खुल्ने कुनै कागजात भए सो समेत लिई छलफलका लागि यही असार ३० मा उपस्थिति हुनु र छलफलको टुङ्गो नलागेसम्म मन्त्रिपरिषद्को यही असार १८ को निर्णय कार्यान्वयन नगर्नु ।’ 

    अदालतमा विदेशबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध मङ्गलबार तीन रिट निवेदन दायर गरिएका थिए । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी तथा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन् । 

    सीमामा तरकारी र फलफूलको विषादी परीक्षण गर्ने विषयमा मन्त्रिपरिषद्को यही असार १८ गतेको बैठकले विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो । सरकारको सोही निर्णय रोक्न रिट निवेदनमा अन्तरिम आदेशको माग गरिएको थियो । 

    एनसेल टावर आगजनी प्रकरण 

एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नेत्रविक्रम चन्द नेतृत्व समूहका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्कीलाई बुधबार नुवाकोट ल्याइएको छ । 

    धादिङको नीलकण्ठ नगरपालिका–६ का ५९ वर्षीय कार्कीलाई सुनसरी जिल्लाबाट मङ्गलबार पक्राउ गरेर अनुसन्धानका लागि यहाँ ल्याएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिए । 

    उनका अनुसार गत फागुन १० गते राति विदुर नपा–२ स्थित एनसेल टावरमा भएको आगजनीमा विप्लव समूहका तर्फबाट कार्कीको समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ ।
 
नेता सापकोटाविरुद्धको मुद्दामा प्रतिलिपि मगाउन आदेश

सर्वोच्च अदाललते सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले बुधबार नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको हो ।

    आदेशमा भनिएको छ, ‘आयोगमा उजुरी दिएको छ कि छैन ?, उजुरी दिएको भन्ने प्रमाणित भएमा त्यसको प्रतिलिपि र उजुरी नपरेको भए अदालतलाई जानकारी दिनू ।’ अदालतले आयोगलाई उक्त मुद्दाको उजुरीका बारेमा अदालतलाई जानकारी दिन भनिएको छ ।

    लामाको  विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परी दुई महीनापछि शव फेला परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ साल मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गर्नुभएको थियो । लामाको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो ।

    सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो । त्यसअघि २०७२ चैत १२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो ।

दुर्घटनाको २२ दिनपछि उपाध्यक्षको शव भेटियो
    
खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएकी उपाध्यक्ष सिन्धु शाही हमालको शव बुधबार फेला परेको छ ।

    सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा बुधबार फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरे । 
    
    शव फेला परेको खबर पाउनेबित्तिकै हेलिकप्टरबाट सम्बन्धितस्थलमा पुगेका प्रहरी टोलीसहित उनका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले पहिचान गरेपछि शव उपाध्यक्षकै भएको पुष्टि भएको हो ।
    
    शवको पहिचान गरेपछिसँगै जानुभएका जिल्ला स्वास्थ्य कार्यालयका डा दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख घर्ती मगरको संयुक्त टोलीले कानूनी प्रक्रिया पु¥याएर  आफन्तलाई हस्तान्तरण गरेको छ । यही असार ३ गते सिमकोटदेखि याङ्चुकुनातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा उपाध्यक्षसहित ११ जना बेपत्ता भएका थिए । बेपत्ता अरु अझै भेटिएका छैनन् ।

मेलम्ची आयोजनालाई तीव्रता दिन उच्चस्तरीय बैठक

    मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिन खानेपानी मन्त्रालयको पहलमा सो क्षेत्रका जनप्रतिनिधिसहितको उच्चस्तरीय बैठक गरिएको छ । 

    खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा बुधबार मन्त्रालयमा भएको बैठकमा मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न देखिएका समस्या समाधान गर्ने सम्बन्धमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ । 

    मन्त्री मगरले मेलम्ची आम सरोकार र राष्ट्रिय गौरवको आयोजना भएकाले आयोजनाको बाँकी काम तीव्रताका साथ सम्पन्न गर्न आफू लागिरहेको जानकारी गराएकी थिइन् । 

हिरासतबाट फरार दुई अभियुक्त पक्राउ

    महानगरीय अपराध महाशाखाले हिरासत कक्षको ग्रिल काटी फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले चोरी र डाँका मुद्दामा पक्राउ परी महानगरीय प्रहरी प्रभाग बुङमती भैँसेपाटीमा असार २३ गते ग्रिल काटेर फरार रहेका रामेछापका रुद्रलाल श्रेष्ठ र शम्शेर माझीलाई बुधबार साँझ पक्राउ गरेको हो । 

    महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले हिरासत कक्षको शौचालयको झ्याल काटेर फरार रहेका अभियुक्तलाई काठमाडौँ बौद्धबाट पक्राउ गरिएको जानकारी दिए ।  पक्राउ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x