खोलानाला तथा पहिरोग्रस्त क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

सन्दर्भ तस्वीर

काठमाडौं- गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले देशभर मनसुन सक्रिय रहेकाले खोलानाला तथा पहिरोग्रस्त क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरेको छ । 

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले प्रदेश १, २ र ३ का धेरैजसो स-साना खोलानालाहरू बिहीवारदेखि शनिवारसम्म पर्सीसम्मै जुनकुनै बेला सतर्कता तहभन्दा माथि जान सक्ने जानकारी दिएको छ । 


Advertisement

केन्द्रले सबै डुबान हुने क्षेत्र वा नदी छेउमा बाढी पस्न सक्ने पनि जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्