असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं – अमेरिकाको एक राजमार्गमा अचानक डलरको वर्षा भयो र चारैतिर नोट उड्न थाल्यो ।
अनि त राजमार्गमा गुडिरहेका गाडी रोकेर मानिसहरू दुवै हातले डलर सोहोर्न थाले । अर्काले भन्दा बढी डलर हात पार्न उनीहरू प्रतिस्पर्धा गर्न थाले ।
नर्थ एट्लान्टाको इन्टरस्टेट हाईवे नम्बर २८५ मा नोटहरू राखिएको एउटा ट्रक गुडिरहेको थियो । ट्रकको ढोका अलिकति खुल्यो अनि राजमार्गमा नोट बर्सिन थाल्यो ।
त्यसपछि त डलर लिनका लागि मानिसहरू तँछाडमछाड गर्न थाले । ट्रक कम्पनीले आफ्नो एक लाख ७५ हजार डलरका नोट लुटिएको अनुमान गरेको छ ।
राजमार्ग हुँदै गइरहेका केही मानिसले नोट बर्सिएको र लुटपाट मच्चिएको भिडियो समेत खिचेका छन् । भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
Police Urge Motorists to Turn in Cash After Armored Truck Spills $175,000 Across Atlanta Highway - 7/10/19. . pic.twitter.com/TPU1Kxazqe
— Lloyd Legalist (@LloydLegalist) July 11, 2019
घटना मंगलवार रातिको हो । घटनाको खबर पाएपछि प्रहरी घटनास्थलमा पुग्यो तर उसकै अगाडि पनि मानिसहरूले डलर लुटिरहे ।
प्रहरीले मानिसहरूलाई डलर फर्काउन आग्रह गरेको भए पनि जम्मा ६ जना मानिसले ४४ सय डलर फर्काए । डलर नफर्काउने मानिसहरूलाई कारवाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।
एजेन्सी
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...