बाढी र पहिरोका कारण ६ जनाको मृत्यु, ६ घाइते

काठमाडौं – अविरल वर्षासँगै भएका विभिन्न घटनामा परेर देशभर ६ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काभ्रेमा २ जना तथा खोटाङ, सिन्धुली, रामेछाप, ललितपुरमा १/१ जना गरी ६ जनाको मृत्यु भएको हो ।


Advertisement

देशभर ६ जना घाइते र ३ जना बेपत्ता भएका प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जनाएका छन् ।

वर्षाका कारण विभिन्न क्षेत्र डुवानमा परेका छन् भने वर्षा अझै रोकिएको छैन ।


Advertisement

कमेन्ट गर्नुहोस्