प्रधानसेनापति थापा ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा सहभागी

काठमाडौं – अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापा ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा सहभागी भएका छन् ।

बिहीवार संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युर्योकमा आयोजित विश्वका १ सय ६ देशका सेना प्रमुख तथा वरिष्ठ सैनिक अधिकारीको सहभागिता रहेको कार्यक्रममा थापा सहभागी भएका हुन् ।


Advertisement

कार्यक्रममा प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा निर्वाह गर्दै आएको अग्रणी भूमिकाबारे प्रसङ्ग उठाउँदै नेपाल सरकारको नीति अनुरुप संयुक्त राष्ट्रसंघ अन्तर्गतका मिसनमा शान्ति सेनाको सहभागिता बढाउँदै लगिने विषयमा समेत अवगत गराएका थिए ।

यसअघि बुधवार थापा संयुक्त राष्ट्रसंघको न्युर्योकस्थित मुख्यालयमा आयोजित ‘महिला शान्ति र सुरक्षा’ सेमिनारमा सहभागी भएका थिए । सेमिनारको उद्देश्य विश्वका सेना प्रमुख सहितको सञ्जाल विकास गरेका थिए । संयुक्त राष्ट्रसंघको आह्वानमा भएको सेमिनारमा ४४ मुलुकका सेना प्रमुखको सहभागिता रहेको थियो । 

औपचारिक कार्यक्रम सम्पन्न गरेर थापा साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्