कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ - सरकारले गत आर्थिक वर्षमा ८४ नमूना विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ६९ जिल्लाका ८४ विद्यालयलाई नमूना विद्यालयका रुपमा छनोट गरेको हो ।
मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले स्थानीय तहको मूल्याङ्कनका आधारमा ती विद्यालय छनोट गरेको केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिए ।
उहाँले ३ सय ३६ विद्यालयमध्ये विभिन्न सूचाङ्कका आधारमा ती विद्यालय छनोटमा परेका हुन् । यसअघि गतआवका लागि केन्द्रले १६ विद्यालय छनोट गरिसकेको थियो ।
केन्द्रले एक हजार विद्यालय छनोट गर्ने योजनानुसार प्रत्येकवर्ष सय विद्यालय नमूना विद्यालय छनोट गरेको हो । नमूना विद्यालयलाई केन्द्रले पाँच वर्षका लागि शैक्षिक गुणस्तर सुधार र भौतिक संरचना बनाउन रु पाँच करोडसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
अहिलेसम्म केन्द्रले ३२२ विद्यालय छनोट गरेको छ । 'शैक्षिक गुणस्तर सुधार गर्न नमूना विद्यालय छनोट गर्ने अभियानमा रहेका छौ,' उनले भने, 'प्रत्येक स्थानीय तहमा एक/एक वटा विद्यालय नमूना छनोट गर्ने लक्ष्य राखेका छौँ ।'
केन्द्रले विद्यालयको जग्गा, कक्षा ११ र १२ पढाउने विषय, माध्यमिक शिक्षा परीक्षा (एसइई)को तीन वर्षको नतिजा, तहगत विद्यार्थी र शिक्षक अनुपात, विद्युत् र इन्टरनेटको पहुँच, विद्यालयको भौगोलिक अवस्थालगायत सूचाङ्कका आधारमा ती विद्यालयको छनोट गरेको हो ।
स्थानीय तहले ती सूचाङ्कमा सय पूर्णाङ्क मानी सबैभन्दा बढी अङ्क ल्याउने विद्यालयलाई नमूना विद्यालय छनोट गरेको निर्देशक गौतमले बताए । उनले निवेदन दिएका विद्यालयलाई क्रमशः अध्ययन गरी नमूना विद्यालय छनोट गर्ने बताए ।
सरकारले विद्यालय क्षेत्र विकास योजना कार्यक्रमअन्तर्गत एक हजार विद्यालयलाई नमूना विद्यालय छनोट गर्ने लक्ष्य राखेको छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...