कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
साउन २, २०७६
काठमाडौं– यही असार ७ गते ललिपुरको बाग्मती गाउँपालिका वडा नम्बर २ माल्टाका ११ वर्षीय बालक समिर लुङ्वाले सुसाइड नोट लेखी आफ्नै घरको दलिनमा पासो लगाएर आत्महत्या गरे । उनले कतैबाट पनि माया नपाएर आत्महत्या गरेको लेखेका थिए ।
सिरहाको गोलबजार नगरपालिका ८ की ३५ वर्षीया रुक्साना खातुनले ३ छोरा र १ छोरीसहित असार २० गते सप्तकोशीमा हामफालेर आत्महत्याको प्रयास गरेकी थिइन् । उनले किन आफ्ना सन्तान सहित आत्महत्या गर्ने प्रयास गरिन् भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।
यी त प्रतिनिधि घटना मात्र हुन्, पछिल्लो ४ आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने देशभरमा दैनिक सरदर १० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ ।
यस्तो छ तथ्यांक
पछिल्लो ३ वर्षको तथ्यांकलाई हेर्ने हो भने आत्महत्या गर्नेको संख्या १३.६१ प्रतिशतले बढेको देखिन्छ ।
आर्थिक वर्ष २०७२/०७३ मा ४ हजार ६ सय ८० जनाले आत्महत्या गरेका छन् । यस्तै २०७३/०७४ मा ५ हजार १ सय २४ र ०७४/०७५ मा ५ हजार ३ सय १७ जनाले आत्महत्या गरेको नेपाल प्रहरी केन्द्रीय कार्यलयको तथ्यांकले देखाउँछ । गएको आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २२ जनाले आत्महत्या गरेका छन् ।
तथ्यांक अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ । आर्थिक वर्ष २०७२/०७३ मा ३ हजार ३ सय ७६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने आर्थिक वर्ष २०७४/०७५ मा त्यो संख्या ३ हजार ८ सय ६८ छ ।
विष पिएर आत्महत्या गर्नेको संख्या समग्रको दोस्रो स्थानमा छ । आर्थिक वर्ष २०७२/०७३ मा १ हजार १ सय ८६ जनाले विष पिएर आत्महत्या गरे भने आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ३ सय ६३ जनाले आत्महत्या गरेका छन् ।
हाम फालेर, करेन्ट लगाएर, हातहतियार औजार प्रयोग गरेर, पानीमा हाम फालेर, आगो लगाएर मानिसहरूले आत्महत्या गर्ने गरेको प्रहरी प्रधान कार्यलयको तथ्यांकले देखाउँछ ।
आत्महत्याको कारण
आत्महत्याको कारण खोज्ने हो भने धेरै किसिमका कारणहरू पाइन्छन् । कुल ४ हजार ८७ जनालाई आधार मान्ने हो भने १ हजार जनाले अर्थात २४ प्रतिशतले आवेशमा आएर आत्महत्या गरेको निष्कर्ष प्रहरीको छ ।
पारिवारिक कलहका कारण आत्महत्या गर्ने ६ सय २९ अर्थात १५ प्रतिशत छन् । यस्तै नैराश्यता, मानसिक रोग तथा दीर्घ रोगका कारण आत्महत्या गर्ने पनि १५ प्रतिशत अर्थात ६ सय २८ जना रेहको प्रहरीको तथ्यांकले देखाउँछ ।
गरीबीका कारणले ७.५ प्रतिशत अर्थात ३ सय ८ जना, प्रेममा धोका खाएका कारणले ५ प्रतिशत अर्थात १ सय ११ जना, असफलताका कारण २.५ प्रतिशत अर्थात १ सय १ जना, आर्थिक लेनदेनका कारण २ प्रतिशत अर्थात ७४ जना, व्यवसायिक तनावका कारण ७१ जना र अन्य विभिन्न कारणले २४ प्रतिशत अर्थात १ हजार ७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी
आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषहरू बढी देखिएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ६ सय २६ जना पुरुषले आत्महत्या गरेका छन् ।
उक्त आर्थिक वर्षमा आत्महत्या गरेका कुल ३ हजार २२ जनामध्ये महिला १ हजार १ सय ८० छन् । यस्तै बालकको संख्या ७८ र बालिकाको संख्या १ सय ३८ छ ।
झुण्डिएर आत्महत्या गर्ने संख्या यो आर्थिक वर्षमा पनि बढी देखिन्छ । समग्र आत्महत्याको ३६ प्रतिशत अर्थात २ हजार २ सय १९ जनाले भुण्डिएर आत्महत्या गरेका छन् ।
के भन्छिन् मनोविद् बिमला शर्मा ?
नेपालमा वैदेशिक रोजगारीमा विदेश जाने युवाको समूह ठूलो छ । वैदेशिक रोजगारीमा जाँदा श्रीमती, घरपरिवार छोडेर जाने हुनाले युवा मानसिक रूपमा कमजोर हुने मनोविद् बिमला शर्माले लोकान्तरलाई बताइन् ।
‘नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक छ, जसले गर्दा पुरुषहरूमा श्रीमतीसँग बिछोड हुँदाको पीडा विदेशमा घरपरिवारको याद तथा सामाजिक परिवेशले पार्ने असरले गर्दा पनि आत्महत्या गर्ने गरेको देखिन्छ,’ शर्माले भनिन् ।
महिलाहरूले त आफ्ना श्रीमान तथा अन्य महिलासँग रोएर पनि आफ्नो मनको पीडा पखाल्छन् । तर पुरुषहरूले भने आफ्नो पीडा आफैसँग गुम्साउने भएकाले महिलाको तुलनामा पुरुषहरूले बढी आत्महत्या गर्ने गरेको मनोविद् शर्माको बुझाई छ ।
'सामाजिक र मनोवैज्ञानिक कारण'
मानिस जन्मदेखि नै उसलाई २ वटा कुराले प्रभाव पार्ने गर्दछ, मानोवैज्ञानिक र सामाजिक ।
जन्मदेखि नै मानिसमा शारीरीक विकाससँगै मानसिक विकास पनि हुने गर्दछ । मानसिक विकास कमजोर भयो भने पनि उक्त व्यक्ति आत्महत्या गर्ने स्थितिसम्म पुग्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पाताल महाराजगञ्का मनोचिकित्स डा. सरोज ओझाको बुझाइ छ ।
अर्कोतर्फ समाज कसरी चलिरहेको छ, समाजसँगै जाँदा ऊ अगाडि बढ्न सकेको छ कि छैन ? समाजसँगै अगाडि बढ्न नसक्दा पनि मानसिक रूपमा कमजोर भएर पनि कतिपयले आत्महत्या गर्ने गरेको डा. ओझाले लोकान्तरलाई बताए ।
उनले भने– ‘ललितपुरमा ११ वर्षे बालकले आत्महत्या गरे, उनको अवस्था हेर्दा सामाजिक कारणले आत्महत्या गरेको देखिन्छ । उनले घर, विद्यालय लगायतमा माया नपाएकाले आत्महत्या गरेको देखिन्छ ।’
सञ्चारको विकाससँगै मानिसहरूको रहनसहनमा पनि परिवर्तन भएको छ । समाजिक सञ्जालमा कतिपयले तडकभडक गरिएका फोटोहरू पोस्ट गर्दछन् । अरू पनि त्यसैको पछाडि दौडिन खोज्दा आर्थिक अभाव तथा अन्य कुराको परिपूर्ति गर्न अवसम्भव हुने कारणले पनि आत्महत्या गर्ने स्थितिसम्म मानिसहरू पुग्ने गरेको डा. ओझाको बुझाइ छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...