साउन १, २०८०
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच वार्ताको प्रसंग चलिरहेको समयमा बिहीवार कैलालीको धनगढीमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।
विस्फोटको जिम्मा विप्लव समूहले नलिए पनि शंकाको सुई उनीहरूतर्फ नै घुमेको छ । विप्लव नेतृत्वको नेकपा बाहेक अहिले देशमा भूमिगत राजनीति गर्ने समूह छैन । घटनामा विप्लव समूहकै संलग्नता रहेको प्रहरीको आशंका छ ।
कैलालीमा बिहीवार भएको विस्फोटको घटना केबल एउटा घटना मात्र होइन, यो प्रवृत्तिको रूपमा दोहोरिँदै गएको छ ।
गत जेठ १२ गते काठमाडौंमा भएका श्रृंखलाबद्ध घटनामा विप्लव समूहका नेताको मृत्यु भएको थियो । यस्ता घटनाले विप्लव समूहलाई नै क्षति भइरहेको छ । यस्तै घटनालाई देखाएर ‘फेक इन्काउन्टर’का लागि बल पुगिरहेको छ ।
अर्कोतर्फ अमूर्त राजनीतिक एजेण्डा सहित भूमिगत राजनीतिमा रुचि देखाइरहेको विप्लव समूहप्रति आम जनतामा वितृष्णा पैदा भइरहेको छ । विस्फोटका श्रृंखला दोहोर्याउने आत्मघाती बाटो विप्लव समूहले छाड्नै पर्छ ।
विप्लव समूहसँग सार्थक वार्ताका लागि सरकारले पहल गर्न ढिला भइसकेको छ । नेपालमा भइरहेका विस्फोटका श्रृंखला र गोली काण्डले पाँच महिनापछि शुरू हुने २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी नेपाल भ्रमण वर्ष सन् २०२० लाई समेत प्रत्यक्ष असर पर्नेछ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आउने यस्ता विस्फोटका समाचारले पर्यटकलाई नेपालमा आउन प्रेरित गर्नुको सट्टा निरुत्साहित गर्नेछ । पर्यटक भित्र्याउन एउटा ‘आइफा’ अवार्डले गर्ने प्रचार भन्दा एउटा विस्फोटको घटनाले गर्ने नकारात्मक असर ठूलो हुन्छ । तसर्थ विप्लव समूहलाई वार्तामा ल्याएर निकाश खोज्ने काममा सरकारको तदारुकता अति जरुरी भइसकेको छ ।
लुकिछिपी विस्फोट गराउँदै हिँड्दैमा ठूलो राजनीतिक परिवर्तन भइहाल्ने अवस्था छैन भनेर विप्लव समूहले बुझ्न जरुरी छ ।
अवस्था २०५१ सालको जस्तो होइन, सूचना प्रविधिको विकासले अहिले दूर दराजमा भइरहेका गतिविधिबारे राज्य संयन्त्रले तत्कालै खबर पाउछ । यस्तो अवस्थामा विगतको जस्तो भूमिगत सशस्त्र गतिविधि गर्ने र राज्यलाई झुक्याउने भूराजनीतिक अवस्था छैन । न त जनतालाई प्रभावित पार्न सक्ने र्याडिकल राजनीतिक एजेण्डा उनीहरूसँग छन् ।
विप्लव समूहलाई राजनीतिक स्पेसको कमी पनि छैन । नाम कम्युनिस्ट पार्टी र झण्डा हँसिया हतौडा भएपनि अहिलेको सत्तारुढ नेकपा ‘नेपाली कांग्रेस’को फोटोेकपी जस्तो चरम पूँजीवादी बन्दै गइरहेको यथार्थलाई विप्लवले बुझ्न जरुरी छ ।
जनजीविकाका मुद्दा उठाउने कम्युनिस्ट पार्टीको अभाव खड्किएको समयमा शान्तिपूर्ण खुला राजनीतिमा अवतरण गर्ने हो भने विप्लव समूहले लाभ लिन सक्ने देखिन्छ ।
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...