मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
काठमाडौं – संघीय संसद्को माथिल्लो सदनमा पहिलो पटक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसले संयुक्त प्रस्ताव पेश गरेका छन् ।
सदनमा रहेका साना दलको समेत समर्थनमा नेकपा र कांग्रेसले बाढी तथा डुबानको संकट समाधानका लागि राष्ट्रिय सभाको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका हुन् ।
शुक्रवार बसेको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्दै नेकपाका खिमलाल भट्टराईले सत्तापक्ष र सत्तापक्ष नभनी सिंगो सदन एक भएर लागेको बताए ।
‘राष्ट्रिय सभाले एउटा संस्कार, मूल्य र मान्यतलाई नयाँ रूपमा स्थापित गरेको छ,’ भट्टराईले भने, ‘आज हामीले नयाँ उदाहरण पेश गरेका छौं । राष्ट्रिय मुद्दामा एकताबद्ध भएर राष्ट्रिय संकटको मुद्दालाई उठाउन खोजेका छौं । एक भएर यो संकट समाधान गर्न लागिपरेका छौं ।’
जरुरी सार्वजनिक महत्त्वको प्रस्तावका प्रस्ताव नेपाली कांग्रेसका बद्री पाण्डेले राष्ट्रिय संकटलाई राजनीतिक हतियार नबनाऔं भनेर साझा प्रस्ताव दर्ता गरेको बताए ।
‘तीन दिनअघि राधेश्याम अधिकारी प्रस्तावक रहेको प्रस्तावलाई नै साझा प्रस्ताव बनाउन आग्रह गरेको थियौं,’ उनले भने, ‘संकटलाई राजनीतिक हतियार नबनाऔं भनेर सामूहिक प्रस्ताव दर्ता गरेका छौं ।’
यसअघि प्रतिनिधि सभामा नेपाली कांग्रेस र राजपाले दर्ता गरेको प्रस्तावमाथि छलफल हुन सकेको थिएन । राष्ट्रिय सभामा नेकपाका खिमलाल भट्टराई, कांग्रेसका बद्री पाण्डे र राजपाका वृषेशचन्द्र लालले प्रस्ताव दर्ता गराएका थिए ।
जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफल सकिएपछि गृहमन्त्री रामबहादुर थापा बादलले सदनमा जवाफ दिने तयारी छ । जवाफ सकिएपछि राष्ट्रिय सभाका अध्यक्षले राहत, उद्धार र पुनस्र्थापनाका लागि सरकारलाई निर्देशन दिने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
यसैबीच सदस्यहरूले एक दिनको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा पठाउने भएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहितको संसदीय टोली भोलि नै बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाने भएको छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...