मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
साउन ३, २०७६
काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले यस्तो बताएका हुन् ।
उनले सरकार र विप्लवीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्धिविधमा रहेको पनि टिप्पणी गरे । उनले भने,‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ । दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन् । तर, जनता भने पुरै कन्फ्युजनमा छन् । साँच्चै वार्ता होला त भनेर ?’
उनले भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरापनि औंल्याए । उनले भने,‘अहिलेको परिस्थिति ल्याउनको लागि ओलीजीको सरकार जिम्मेवार छ ।’ उनले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत भएको पनि टिप्पणी गरे । गजुरेलले भने,‘प्रतिबन्ध लगाउनु नै हुँदैनथियो । संविधानमा पनि यो कुरा निषेध गरिएको छ ।’
एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको उनले सुनाए । उनले भने,‘घट्ना हुनु दुःखद् हो । त्यस घट्नामा संलग्न दोषीलाई बरु अदालती कारबाही गरेको भए हुन्थ्यो ।’
उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राखे हुन्छ भन्ने अभिव्यक्तिपनि दिए । उनले भने,‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन् । यो गलत छ ।’
गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत बन्देज लगाएकोमा आक्रोश पोखे । उनले भने,‘सरकारले शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिएन । विप्लवजीहरुसँग कि त राजनीति छोड्नुपर्ने विकल्प हुन्छ कि त भूमिगत हुनुपर्ने । होईन भने बादलहरुजस्तै आत्मसमर्पण गर्नुपर्नेथियो । तर, राजनीति गर्नेले त्यसो गर्दैन् । भूमिगत भएर पनि राजनीति सञ्चालन गर्नुपर्छ ।’
वर्तमान सरकारले सुनियोजित ढंगले अहिलेको परिस्थिति सिर्जना गरेको उनको गम्भिर आरोप छ । अहिले सरकारले फेक ईन्काउन्टरको नाममा निहथ्था नागरिकको हत्या गर्ने काम गरेको पनि गजुरेलको आरोप छ । उनले भने,‘यस्तो खालको हत्या त जनयुद्ध र पञ्चायताकालिन अवस्थामा पनि हुँदैनथियो ।’
ओली सरकारले अहिले मुलुकमा फाँसीवाद लागु गरेको पनि उनले गम्भिर टिप्पणी गरे । उनले भने,‘दुई तिहाई बहुमत भएको सरकारले चुनावको बेला गरेको नारा पनि पुरा गर्न सकेको छैन । जे–जे गर्छु भनेर चुनावको बेला बोलेको थियो, ठिक त्यसको उल्टो गरेको छ ।’
सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको पनि उनले आरोप लगाए । उनले भने,‘त्यतिमात्रै होईन, तीन तहमा कर बढायो । अब त जन्मिनपनि डर लाग्न थाल्यो । र, मर्नपनि डराउनुपर्ने भयो । जन्मेदेखि मृत्युसम्म कर तिर्नुपर्ने भयो ।’ त्यस्तै, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि उनले आरोप लगाए । उनले थपे,‘साँढे तेत्तिस केजी सुन प्रकरणमा पनि यो सरकारले अहिलेसम्म एकजनालाई पनि कारवाही गर्न सकेन । अहिले त जनताले त्यो सुन गृहमन्त्रीसँग छ भन्नेखालको अनुमान गर्न थालिसकेका छन् ।’
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा पनि अहिलेसम्म एकजनालाई कारवाही गर्न नसकेको उनको आरोप छ । उनले भने,‘निर्मलाको दिउँसै बलात्कारपछि हत्या भयो । तर, प्रहरीले दोषी पत्ता लगाउन सकेन । प्रहरीले विप्लवका भूमिगत नेताहरु खोजीखोजी पक्राउ गर्नसक्छ । तर, बलात्कारीलाई पक्राउ गर्न सकेन् । किन सक्दैनथियो ? सक्दथ्यो, तर पक्राउ गर्दा ठूलाबडाहरु नै पर्ने थिए । त्यही भएर प्रहरीले पक्राउ गरेन । अहिलेको नेकपाका नेतृत्व गर्ने मान्छे नै यसमा संलग्न छन् ।’
त्यस्तै, यो सरकार आएपछिमात्रै देशमा भू–माफीयाहरु सलबलाएको र देशका महत्वपूर्ण ठाउँका जग्गाहरु निजीकरण गर्ने काम भएको उनको टिप्पणी छ । उनले भने,‘प्रधानमन्त्री बस्ने निवासको जग्गा नै व्यक्तिको नाममा बनाईसकेछन् । पशुपतिनाथको साँढे सत्र सय रोपनी जग्गा पनि व्यक्तिको नाममा बनाउने काम भएको छ । तर, सरकार बेखबर छ । हुँदाहुँदै सिंहदरबार पनि माफीयाहरुले आफ्नो नाममा बनाईसके । यस्तो काम त यसअघि कहिल्यैपनि भएको थिएन् । भूमाफीया गर्ने काममा नेकपाका शक्तिशाली नेताको संलग्नता छ । सम्पूर्ण परिपत्र मिलाउने काम उनले नै गरेको खुल्न आएको छ ।तर, दोषीहरु अहिलेसम्म कोहीपनि कारबाहीमा आएनन्।’
लगातार ठूला ठूला काण्ड घटाउँदापनि सरकारको गलत हर्कत नरोकिएको र गुठी विद्येयक ल्याएर गुठीका जग्गा पनि कब्जा गर्न खोजेको उनले सुनाए । गजुरेलले भने,‘तर, गुठी काण्डमा काठमाडौंमा २०६२–०६३ सालको जस्तै जनआन्दोलनको झल्को दिने आन्दोलन भएकोले ओली सरकारको होष उडेको थियो । त्यही भएर आन्दोलनसामू सरकारले घुँडा टेकेको कुरा हाम्रोअगाडि छर्लङ छ ।’
पछिल्लो समय विषादी प्रकरणमा पनि सरकारले गम्भिर त्रुटि र जनताको स्वास्थ्यमाथि खेलबाड गरेको गजुरेलको आरोप छ । उनले भने,‘यो सरकारले विषादी चेकजाँचपछिमात्रै भारतबाट आउने तरकारी भित्र्याउने भनेर निर्णय गर्दा हामी पनि खुशी भएका थियौं । कहाँबाट सरकारलाई यस्तो बुद्धि आयो भनेको त त्यो कुरा १२ दिनपनि टिकेन् ।’
उनले उक्त प्रकरणमा प्रधानमन्त्री ओलीले कसैको दबाबमा परेर आफूहरुले विषादी परीक्षण स्थगित नगरेको भनेर दाबाका साथ सार्वजनिक रुपमा बोलेपनि त्यसको तीन दिनपछि माफी मागेको सुनाए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...