इन्स्टाग्राम ह्याक हुन सक्ने कमजोरी पत्ता लगाए यी खोजकर्ताले, पाए ३० हजार डलर इनाम

काठमाडौँ - भारतको चेन्नईको सुरक्षा खोजकर्ता लक्ष्मण मुथैयाले बहुचर्चीत सामाजिक संजाल इन्स्टाग्राममा कमजोरी भेटेका छन् । उनले इन्स्टाग्राममा ह्याक हुन सक्ने कमजोरी पत्ता लगाएका हुन् । उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई इन्स्टाग्राम एकाउन्ट ह्याक हुन सक्ने र पासवर्ड पनि रिसेट गर्न मिल्ने बताएका छन् ।

उनले आफ्नो खोजमा इन्स्टाग्राम एकाउन्टमा पासवर्ड रिसेट कसरी गर्न सकिन्छ भनेर विस्तृत जानकारी पनि दिएका थिए । आफ्नो ब्लगमा खोजसम्बन्धी एक लेख लेख्दै मुथैयाले भनेका छन्, 'मैले फेसबुक सुरक्षा टीमलाई यससम्बन्धी जानकारी दिएको थिएँ । मैले एक रिपोर्ट पनि लेखेर पठाएको थिएँ । तर उनीहरूले यो गडबडीलाई मान्न तयार भएनन् ।'


Advertisement

उनले भने, 'त्यसपछि मैले एउटा कन्सेप्ट भिडियो बनाएर उनीहरूलाई पठाएँ । भिडियो हेरिसकेपछि उनीहरूलाई इन्स्टाग्रामको गडबडी थाहा भयो र त्यो कमजोरीलाई सुधारे । मलाई बाउन्टी प्रोग्राममार्फत ३० हजार डलरको इनाम पनि पठाए उनीहरूले ।'

मुथैयाले यस अघी फेसबुकको डाटा डीलिसन र डाटा डीस्क्लोजर बग पनि पत्ता लगाइसकेका छन् । डाटा डीलिसन बगले पासवर्ड बिना नै फेसबुक एकाउन्टको फोटो डिलेट गर्न सक्छा भने डाटा डीस्क्लोजर बगले फेसबुक एकाउन्टमा रहेका सबै फोटोहरूमा ह्याकरको पहुँच पुर्याउने काम गर्थ्यो ।


Advertisement

-एजेन्सीको सहयोगमा 

कमेन्ट गर्नुहोस्