सरकारको दम्भका कारण राष्ट्रियता इतिहासकै कमजोर बन्यो : डा. कोइराला

पोखरा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्ट सरकारको अपरिपक्वता र दम्भले गर्दा राष्ट्रियता इतिहासकै कमजोर बनेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम जिल्ला परिषद्लाई शनिवार सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता डा. कोइरालाले देशको अस्मिता र राष्ट्रियतामाथि खेलबाड नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।  


Advertisement

सरकारका हरेक गतिविधिले अन्तर्राष्ट्रिय तहमा देशको छवि धमिलिँदै गएको बताउँदै डा. कोइरालाले प्रश्न गरे, 'भेनेजुयलाका राष्ट्रपतिका छोरा र मन्त्रीहरूलाई बोलाएर कम्युनिस्ट नेताहरूले के गर्न खोजेको ? यसले नेपालको छवि कहाँ पुग्छ ? अन्तर्राष्ट्रिय स्तरमा के सन्देश जान्छ ?'

उनले  सरकारका अराजकताविरुद्ध सडक र सदनमा आगो बाल्नुपर्ने समयमा कांग्रेस आन्तरिक समस्या र द्धन्दमा अल्झिरहनु दुखद भएको पनि बताए ।


Advertisement

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी भित्रको झगडाले कम्युनिस्टहरूले बहुमत ल्याएको बताउँदै वृद्ध नेताहरूले अब विश्राम नलिए अधिवेशनबाट विस्थापित गरिदिने चेतावनी दिए । 

कमेन्ट गर्नुहोस्