पुस १०, २०८०
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
काठमाडौं– मिस इङ्ल्याण्डको फाइनलमा पुगेकी नेपाली चेली प्रतिष्ठा राउतलाई जिताउन बेलायतबासी नेपाली समुदाय लागिपरेका छन् । उनको पक्षमा माहोल सिर्जना गर्ने उद्देश्यले गतशुक्रबार लन्डनको हयारोमा च्यारिटी डिनर आयोजना गरियो ।
सो च्यारिटीबाट करीब १० हजार पाउण्ड संकलन भएको च्यारिटीका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय सदस्य रामशरण सिम्खडाले जानकारी दिए ।
कार्यक्रममा उनले प्रतिष्ठा साँच्चै नै नेपाल र नेपालीको लागि ‘प्रतिष्ठा’ भएको उल्लेख गर्दै सहयोग गर्न आह्वान गरेका थिए । जसअनुसार एनआरएन मध्यपूर्व संयोजक आरसी शर्मा, एसिया प्यासिफिक रिजनल डेपुटी अर्डिनेटर बिमल कुँवर, क्षेत्री समाज युकेका पदाधिकारीसहित उपस्थित व्यक्तित्वहरुले प्रतिष्ठाको लागि सहयोगको घोषणा गरेका थिए ।
मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित व्यक्तिको सहयोगका लागि प्रतिष्ठाले च्यारिटी जुटाइरहेकी छन् । प्रभावकारी च्यारिटी गर्न सके उनलाई ‘ब्युटी वीथ अ परपोज’ टाइटल पनि हात पर्नेछ ।
कार्यक्रमा बोल्दै प्रतिष्ठाले मानसिक स्वास्थ्यलाई मानिसले सहज रुपमा लिइरहेको भएपनि त्यसको पीडा भोग्नेहरुलाई मात्रै थाहा हुने बताइन् । उनले भनिन्, ‘मानसिक स्वास्थ्यलाई मानिसले सहज रुपमा लिइरहेका छन् । तर, यसको पीडा त्यसलाई मात्र थाहा हुन्छ जसले प्रत्यक्ष भोगेको छ ।’
उनले आफू म यस प्रतियोगिताभर मात्र नभइ भविष्यमा पनि मानसिक स्वास्थ्यबाट पीडित व्यक्तिहरुको सहयोग र जनचेतना जगाउन लागि पर्ने बताइन् ।
पुख्र्यौली घर नेपालको संखुवासभाको चैनपुर भएकी प्रतिष्ठा पेशाले फ्लोर प्लान आर्किटेक्ट हुन् भने अहिले बेलायत अल्डरसटमा परिवारसँग बस्दै आएकी छिन् ।
२६ वर्षीया प्रतिष्ठा करिब २२ हजार आवेदकमध्येबाट छानिएर मिस इंग्याण्ड प्रतियोगिता–२०१९ को फाइनल पुगेकी हुन् ।
अब ५४ प्रतिष्पर्धीबीच यही ३१ जुलाई र १ अगष्टमा न्यू क्यासल अपन टाइनमा फाइनल हुनेछ । ३१ जुलाइमा स्पोर्टस् डे र सौन्दर्यसम्बन्धि परीक्षा हुनेछ भने भोलिपल्ट ‘ग्राण्ड फिनाले’ हुने छ । सबै प्रतियोगी फाइनल क्याटवाकमा देखिनेछन् भने क्रमशः टप २० र टप ५ छानिने छन् ।
प्रतिष्ठाले आफूलाई जिताउन ‘मिस इंग्ल्याण्ड ४२ टु ६३३३३ मा टेक्सट’ गरेर वा अनलाइन भोटमार्फत् सहयोग गर्न अपिल गरेकी छन् ।
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...