काठमाडौं- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा प्रेमी देवांश राणासँग देखिइन् । त्यहाँ उनीसँग खिचाएको रोमान्सका केही तस्वीरका कारण उनको आलोचना भइरहेको छ ।
रातो बिकिनी लगाएको सार्वजनिक केही तस्वीरमा प्रेमी देवांशले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचना देखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।
केही दिन देखि लगातार भइरहेको आफ्नो आलोचनाको विषयमा अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जाल इंस्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।
उनले घुमाउरो पारामा आफूलाई आलोचना गर्नेमाथि कुकुर घुक्दै जान्छ हात्ती लम्कदै जान्छ भन्न खोजेकी हुन् ।
लोकान्तर संवाददाता