×

NMB BANK
NIC ASIA

ठेकेदारको चरम लापरवाहीले कर्णाली राजमार्ग नै बन्द हुने खतरामा

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली राजमार्गमा बन्दै गरेका पुलहरू राम्रोसँग नबनाइएका कारण कर्णाली राजमार्ग नै ठप्प हुने स्थितिमा पुगेको छ । दैलेख पश्चिमको आठबीस नगरपालिका वडा नं. ४ को खोली बजारमा अवस्थित कानेगाड खोलाको पुल लगायत राजमार्गमा बन्दै गरेका अन्य १४ पुलमा गहिरो खाल्डो खनेर नपुरी छाड्ने ठेकेदारको प्रवृत्तिका कारण कर्णाली राजमार्ग जोखिममा परेको हो ।

Sagarmatha Cement
Muktinath Bank

ठेकेदार कम्पनी सूर्य कन्स्ट्रक्सन प्रालीले कर्णाली राजमार्गमा गत वर्षबाट राजमार्गमा १४ वटा पुल बनाइरहेको छ । तर हरेक खोलामा गहिरो खाल्डाहरु खनेर नपुरी छाडेको र त्यही बेलामा वर्षे भेल आउने क्रम जारी रहेकाले अहिले वरिपरीका घर, जग्गा बाढीले बगाउने खतरा बढेको हो । निर्माणाधीन पुल भत्किने खतरा बढेपछि पुरै राजमार्ग अवरुद्ध हुने स्थितिमा रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयले ठेकेदार कम्पनीलाई बारम्बार खाल्डो पुर्न तथा समयमै पुल निर्माण गर्न अनुरोध गरेपनि ठेकेदारले भने स्थानीयका कुरै नसुनी हिंडेको स्थानीय महेन्द्र माझी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘मेरो एक करोड भन्दा बढी लगानीको घर जोखिममा परेको छ,' माझीले भने, ‘अन्य स्थानीयहरूको पनि घर जग्गा उच्च जोखिममा परेको छ ।’ उनले आफ्नो घर, खोलाको पुल तथा स्थानीयको २५ रोपनी जग्गा खोलाको बाढीले बगाउने सम्भावना भएको बताए । ‘गहिरो खाल्डो पारी त्यसै छोडिएकोले पुलको दाँयातर्फ पानी पर्दा बित्तिकै भत्किने गरेको छ,' माझीले भने, ‘पुल भत्कियो भने कर्णाली राजमार्ग नै ठप्प हुने स्थितिमा आइपुगेको छ ।’

Vianet communication
Laxmi Bank

विश्व बैंकको लगानीमा बन्दै गरेको पुलले स्थानीयको जग्गा र आफ्नो घरका साथै पुल पनि धरापमा परेको भन्दै चाँडो खाल्डो पुर्न पुल निरीक्षणको प्रत्यक्ष अनुगमन गरिरहेको आरएसडिपी २ लाई २०७५ जेठ २० गते नै पत्र लेखेको उनले बताए ।

‘मैले प्रत्यक्ष रुपमा निरीक्षण गरिरहेको सम्बन्धित निकायलाई आउन सक्ने खतराको समाधान गरिदिन वर्ष नै पत्र लेखेको थिएँ,' उनले भने, ‘तर सुनुवाई नै भएन ।’ ठेकेदारले तेल पनि नपठाएका कारण खाल्डो भर्न सकस परेको तथा कामदारहरु पनि गइसकेको उनको गुनासो छ ।

पुलहरुको प्रत्यक्ष निगरानी गरिरहेको आरएसडिपीका इन्जिनियर दिपक बोहोराले भने ठेकेदारकालाई तत्काल खाल्डो भर्न निर्देशन दिइसकेको बताए ।

‘हामीले ३ दिनअघि नै निर्माण कम्पनीलाई तत्काल जोखिम न्यूनिकरण गर्न खबर गरेका छौं,' उनले भने, ‘त्यसका लागि हामीले हाम्रो माथिल्लो निकायमा पनि परिपत्र गरिसकेका छौं ।’ उनले जोखिम रहेको चाहिँ स्वीकार गरे ।

आठबीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले ठेकेदारलाई आफुले तत्काल काम सम्पन्न गर्न वा खाल्डो पुर्न निर्देशन दिइसकेको बताए । ‘मैले ठेकेदारलाई काम तत्काल सम्पन्न गर्न वा खाल्डो पुरेर ठूलो जनधनको क्षति हुनबाट बचाउन निर्देशन दिइसकेको छु,' उनले भने, ‘ठेकेदारले जसरी पनि समस्या समाधान गर्नुपर्छ यसको विकल्प नै छैन ।’

फिल्ड हेरिरहेका सुर्य कन्स्ट्रक्सन प्रालिका दिपक खड्काले आफूहरूले काम गर्न चाहेको तर मजदूर रोपाईं गर्न गएका कारण काम गर्न नसकेको प्रतिक्रिया दिए । ‘एकातिर मजदुर गाउँ फर्किए,' उनले भने, ‘भुक्तानी पनि नआएका कारण काम रोकिएको हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x