फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
संसद विघठनको हल्ला चल्यो । आम मान्छेले पत्याएनन् । पत्याउने कुरै थिएन । स्पष्ट बहुमतको सरकार ढालेर प्रधानमन्त्री अर्को बहुमत खोज्न जालान् भन्ने सोच कसैमा थिएन ।
तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले त्यही गरे, जुन नगर्नुपथ्र्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि लगायत ठूला नेतालाई कठोरतापूर्वक लोप्पा ख्वाइयो । अरु मझौला र साना कार्यकर्तालाई धर्धती रुवाइयो ।
लथालिङ्ग देश, भताभुङ्ग चाला हुँदै आयो । यहीँदेख नेपाली काङ्ग्रेस निरन्तर अधोगतितिर धकेलियो । अहिले सत्तासीन नेकपाका कार्यकर्ताहरू उस्तैउस्तै भयले आक्रान्त छन् । सरकारले जहाँ टेक्छ, त्यहीँ पहिरो जाँदैछ । तमाम विधेयक फिर्ता गर्न बाध्य भएर जाडोयामको मगन्तेझैं खुम्चिएको सरकार जनताको भान्सामा विषादी भित्र्याएबापत झनै कठ्यांग्रिएको छ ।
भारतेली कवि भन्छन्, ‘चारो ओर कोइला ही कोइला है/देश का नहीँ देश के कर्णधारो का मन मैला है !’ नाना पाटेकर डाइलग बोल्छन्, ‘भगवान् ने सबसे अच्छा इन्सान बनायाथा । आज उपरसे वह भी देखता होगा सब रिङ्ता हुवा कीडे बनगए ।’
हाम्रा साहित्यकार सरुभक्त लेख्छन्, ‘नेताहरूले गुहु खाए, सेफ्टीट्यांकी फोरेरै खाए ।’ हो, प्रायः नेता विवेकशून्य बनेका छन् । गणतन्त्रका नेताहरूलाई राजतन्त्रका प्रवक्ताले अनेक खोट लगाएका छन् । कुरा सुन्दा ठीकै पनि लाग्छ ।
विलम्बै गरिँदा पनि पोहोर दशैंसम्ममा मेलम्चीको पानी आइसक्ने वाचा–कसम सुनाइएको थियो । यसपालि झनै गाँजेमाजे पारिँदैछ । मेलम्चीको थोरै बाँकी कामलाई धेरै पछि धकेल्ने षड्यन्त्र गरियो । गत जेठ ६ गते ऐनकानून पूरै मिचेर नयाँ ठेक्का दिइयो । असार सकिँदासम्म काम शुरू भएन ।
अब काठमाडौंमा गुठी विधेयकभन्दा धेरै ठूलो आन्दोलनको आगो उठ्न सक्छ । काठमाडौंवासी सबैथरि जनता रित्ता गाग्री र हाँडाभाँडा लिएर सडकमा आउन सक्छन् । फलफूल तरकारीभन्दा पानी बढी महत्त्वपूर्ण हुन्छ भन्ने सत्यलाई सरकारले समयमै बुभ्mन आवश्यक छ । भारतबाट नेपाल भित्रिने फलफूल–तरकारीको मुद्दा अकस्मात पेचिलो बन्न पुग्यो । मुद्दा चर्किनु अगावै पनि उताबाट यता निरन्तर विष भित्रिइरहेकै थियो । शिवरुपी नेपाली जनताले गरलपान गरेर घाँटी निलो पारिरहेकै थिए । पछि मिडियाले नागरिकलाई ‘थाहा’ दियो । जनसमुदायको सानो हिस्सामा थोरै चेत खुल्यो । प्रधानमन्त्रीज्यूको झूटको पर्दा ध्यारर्र च्यातियो । भारतेली राजदूतको पत्र जनताका हातहातमा पुग्दा पनि प्रधानमन्त्रीले आप्mनो अनभिज्ञता प्रदर्शन गरिरहे अनि सारा प्रतिपक्षीले सत्तापक्षमाथि अनेक अस्त्र प्रहार गर्ने मौका भेट्टाए । सप्रे खोसाखोस, बिग्रे दोषादोष । सरकारका सचिव र मन्त्रीहरू दोषादोष गर्न थाले । विषादीविरुद्ध चलाइएको पहिलो वाण मुख्यसचिवको पुर्पुरोमै सोझियो । यो युद्ध प्राकृतिक प्रकोपको बाढीले थोरै सेलाएको छ ।
प्राकृतिक प्रकोपको शब्दावली पनि मानव अपराधकै ढाकछोप हो । खानी, वन फँडानी, धूलोधूँवा अर्थात् अतिविधि प्राकृतिक दोहनकै कारण अतिवृष्टि वा अनावृष्टि भइरहेको छ । नेपालमा क्रसर उद्योगका नाममा भइरहेको नदीमाथिको अतिक्रमणमा सरकार सधैं मौन छ । हामी नेपाली सीमामा भारतले बाँध बनायो भनेर कोहोलो मच्चाउँछौं । आफू आप्mनो सुरक्षामा सिन्को भाँच्दैनौं । पीडित राहतकै नाममा भ्रष्टाचार बढाउँछौं ।
भ्रष्टाचार नियन्त्रणका कुरामा नाम कमाएका मन्त्री मातृका यादव फेरि एकपल्ट चर्चामा आए । उनले विषादी बहावको विषयलाई सचिवहरूले मन्त्रीहरूलाई ढाँटेको खुलासा गरे । मन्त्रिपरिषद्ले विषादी परीक्षण गर्ने निर्णय गर्यो । भारतेली राजदूतको पत्रादेशले निर्णय तुरुन्तै फिर्ता लियो । विषादीमैत्री सरकारको कलंकको भारी बोक्यो । आइफामा भारतसँग लम्पसार पर्यो । जनविरोध खप्न सकेन, फेरि जनतासामु लत्र्यो ।
सरकार यत्ति निरीह हुनुको मुख्य कारण यसको सिद्धान्तहीनता हो । एमाले र माओवादी केन्द्र एकीकरण भइसकेपछि जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादको फ्यूजन खोजियो । पार्टीमा बहस छेडिँदै गयो । घनश्याम भुसालले जबजको ‘च्याप्टर क्लोज’ भएको बताए । सहमतिको दस्तावेज तयार हुँदै जाँदा ईश्वर पोख्रेलले जबजकै पक्षको वकालत गरे । जो अध्यक्ष उही प्रधानमन्त्री भने । अध्यक्ष प्रचण्डले लिखित सहमतिको बुँदा पेश गरे । भाँडभैलोको अवस्था आउने देखियो । नेता हरिबोल गजुरेलले प्रचण्ड फकाउँदा मान्छन्, धम्क्याउँदा छाड्दैनन् भने । मानव मनोविज्ञान यही हो । मान्छे अन्याय सहन सक्दैन ।
अहिले प्रतिपक्षीले विषादीविरुद्ध आन्दोलनको झण्डा उठाउँदा प्रचण्ड कूटनीतिक पहलमा देखिन्छन् । समस्या समाधानको उपाय त्यही हो । तत्काल भारतसँग व्यापार बन्द गर्न पक्कै नसकिएला । दृढ संकल्पका साथ लागिए फलफूल–तरकारी र मासुमा हामी छिट्टै आत्मर्भिर हुन सकिने स्थिति टड्कारो छ । बाढीको विपत्तिमा पनि भारतलाई सत्तोसराप गरेर होइन, हामीले आप्mनै हालत सुधार्नुपर्छ । पार्टीमा गणितको हार, विचारको जित हुनु रमाइलो पक्ष हो । सरकार आफ्नै कामको बेढंगले अलपत्र पर्दैछ । अब साउने संक्रान्तिपछि लुतो फालिनुपर्छ । पोखरेली कवि छविलाल आचार्य ठीकै भन्छन् –
‘लुताले थलियो देश, अंगमा छ पिलैपिलो
निमुखा जनमा यसले, पारेकै छ थिलैथिलो
भ्रष्टता र कमिशनतन्त्र, काम हुन्छ ढिलैढिलो
लुते संक्रान्तिले फालोस्, देशमा छ हिलैहिलो !’
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...