नेकपाको स्कुल विभागमा घनश्याम भुसालको पनि दाबी

काठमाडौं–नेकपामा स्कुल विभागको नेतृत्वमा इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ कसलाई बनाउने भन्ने विवाद उत्कर्षमा रहेका बेला वैचारिक अभियान चलाउँदै आएका अर्का नेता घनश्याम भुसालले समेत दाबी गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 

तत्कालीन एमालेको नवौं महाधिवेशनबाट उपमहासचिव बनेका भुसाल अहिले नेकपा स्थायी समिति सदस्य छन् । मार्क्सवादी प्रशिक्षण र त्यससम्बन्धी अध्ययन गर्दै हिँड्ने नेता भुसालले पार्टीको विचार निर्माणमा आफूले खेलेको भूमिकाको कदर गर्न शीर्ष नेताहरूसँग आग्रह गरेका छन् ।


Advertisement

‘यदि पार्टीभित्र न्याय छ भने त्यो विभाग मलाई दिनुपर्छ, यो पार्टीको विचार निर्माणमा मैले कम मिहिनेत गरेको छैन,’ भुसालले  भने, ‘पार्टीलाई अझै वैचारिक रूपमा स्पष्ट बनाएर लैजानुपर्नेछ, त्यसका लागि अहिले पार्टीले लिएको राजनीतिक लाइनको सही व्याख्या र प्रचार हुनुपर्नेछ ।’


Advertisement

कमेन्ट गर्नुहोस्