×

NMB BANK
NIC ASIA

नगर प्रमुखविरुद्ध वडाध्यक्षहरूको धर्ना

साउन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईदेखि रुष्ट बनेका ४ वडाध्यक्षसहितका स्थानीयले मंगलवार नगरपालिका कार्यालयमा धर्ना दिएका छन् ।

Muktinath Bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित ४ वडाध्यक्षको मागलाई नगर प्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा उत्रिएका वडाध्यक्षसँगै २६ जनप्रतिनिधि सहितका स्थानीयले दुर्छिमस्थित नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रबाट बजेट बढेर आएपनि वडालाई अघिल्लो वर्षको तुलनामा कम बजेटको सिलिङ दिएको तथा टोलबस्तीबाट प्राथमिकीकरण गर्दै ल्याइएका वडास्तरीय योजनालाई लत्याइएको भन्दै वडा नम्बर २ डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का, वडा नम्बर ३ च्यास्मिटारका वडाध्यक्ष भलाराज राई, वडा नम्बर ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले नगरसभा बहिष्कारको घोषणा गरेका थिए । उनीहरूले नगरसभा बहिष्कार गरेको हप्ता दिनपछि मंगलवार दिउँसो करीब १ घण्टा धर्ना दिएका हुन् ।


Advertisment
Nabil box
Kumari

४ वडाध्यक्षले आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आव २०७५/७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राखेपनि बेवास्ता गरिएकाले धर्ना दिइएको वडा नम्बर ७ का वडाध्यक्ष राईले बताए । सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजस्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको उनीहरूको जिकिर छ ।

Vianet communication
Laxmi Bank

आफ्नो मागलाई बेवास्ता गरेपछि आफूहरू असार ३१ गतेको चौथो नगरसभा टुंगिनुअगावै बाहिरिएको दुर्छिमका वडाध्यक्ष तिवारीले बताए । चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरूले बुधवार बिहान ६ बजेदेखि ७ बजेसम्म हलेसीमा र दिउँसो १ बजेदेखि २ बजेसम्म च्यास्मिटारमा १/१ घण्टा चक्काजाम गर्ने जनाएका छन् । 

नगर प्रमुख राईले वडाको सिलिङमा उल्लेख भएअनुसारको योजना हुबहु पास गरिएकाले विरोध गर्नुको औचित्य नभएको बताए । ‘विरोधका लागि विरोध हो भने त्यसको कुनै औचित्य छैन,’ उनले भने, ‘महालेखा परीक्षकको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले सार्वजनिक गर्ने हो । तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छु । रह्यो वार्षिक प्रगति समीक्षा । उहाँहरू समेतको सहभागितामा बसिएको कार्यपालिकाको बैठकले साउन महिनाभित्र गर्ने निर्णय भएको छ ।’ 

नगर प्रमुख राई र उपप्रमुख विमला राई नेपाली कांग्रेसबाट निर्वाचित हुन् । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको उक्त नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x