×

NMB BANK
NIC ASIA

जैमिनी नगरपालिकामा लोकबाजा जोगाउँदै जैमिनी संकीर्तन

साउन १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ – जिल्लाको जैमिनी नगरपालिकास्थित जैमिनी संकीर्तन समूहले लोपोन्मुख अवस्थामा रहेको लोकबाजा जोगाउन प्रयास थालेको छ ।

Muktinath Bank

बर्सेनि युवापुस्तामा लोकबाजाप्रतिको मोह घट्दै गएको सन्दर्भमा संकीर्तन समूहले लोकबाजा प्रशिक्षण गरी युवापुस्तालाई आकर्षित गर्न थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संकीर्तन समूहले बुधबार मात्रै १५ दिने लोकबाजा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा लोकबाजा हराउन थालेपछि समूह नै गठन गरेर लोकबाजाको संरक्षणमा लागेको जैमिनी संकीर्तन समूहका अध्यक्ष टेकबहादुर क्षेत्रीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘लोक संस्कृतिको धरोहरका रूपमा रहेको लोकबाजा पुस्ता हस्तान्तरण गर्न खोजेका हौं,’ क्षेत्रीले भने, ‘आगामी वर्षदेखि स्थानीय तहसँगै समन्वय गरेर नगरपालिकाको प्रत्येक वडामा लोकबाजा प्रशिक्षण गर्ने योजनामा छौं ।’

Vianet communication
Laxmi Bank

समूहले स्थानीय १६ लाई मादल, आठलाई हार्माेनियम, तीनलाई बाँसुरी, तीनलाई सारङ्गी र तीनलाई तबला गरी ३१ जनालाई लोकबाजा प्रशिक्षण गरिएको समूहका सचिव झपिन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

समूहकै १ लाख ५० हजार रुपैयाँ खर्च गरेर तालिम दिइएपनि आगामी वर्ष जैमिनी नगरपालिकाले लोकबाजा संरक्षणका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । 

जैमिनी संकीर्तन समूह बागलुङ जिल्लाकै उत्कृष्ट भजन समूह भएका कारण यसको विकास गर्नका लागि नगरपालिकाले बजेटको व्यवस्थापन गरेको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले जानकारी दिए ।

तालिमपश्चात रोजगारीसमेत सिर्जना हुने गरी अपाङ्ग, असहाय, महिला र पुरुष गरी समानुपातिकरूपमा तालीममा सहभागी गराइएको समूहले जनाएको छ । तालीममा आफूले सोचेभन्दा सहभागीले राम्रो गरेको तालीमका प्रशिक्षक सूर्य घतानले बताए । ‘आफूले जुन लोकबाजा सिकाउने अपेक्षा गरेको थिएँ, त्योभन्दा राम्रो सिक्न सफल हुनुभएको छ,’ घतानले भने, ‘प्रशिक्षार्थीको लोकबाजा सिक्ने लगाव तीव्र भएकाले सिकाएको कुरा व्यवहारमा लागू हुनेमा ढुक्क छु ।’

अहिलेको युवापुस्ता नै संस्कृति जगेर्ना गर्न लागि नपरे मौलिक संस्कृति नै लोप हुने अवस्थामा आएका कारण पुस्ता हस्तान्तरण गर्नका लागि तालिमको आयोजना गरिएको हो । विशेषगरी लोकबाजा भन्नाले सारङ्गी, मादल, बाँसुरी, हार्माेनियम र तबलालाई बुझिएपनि खैजडी र मुजुरालाई पनि तालिमको विधामा राखिएको समूहका सचिव झपिन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

तालिममा सहभागीमध्ये स्थानीय दृष्टिविहीन प्रविणी आचार्यले उत्कृष्ट हार्माेनियम बजाउन सफल भएको प्रशिक्षक घतानले जानकारी दिए । जैमिनी संकीर्तन समूहले राष्ट्रिय खुला भजन प्रतियोगितामा समेत प्रथम स्थान हासिल गर्न सफल भइसकेको छ ।

जिल्लामै उत्कृष्ट भजन गाउने समूहको रूपमा परिचित जैमिनी संकीर्तन समूहलाई भजन प्रतियोगिताबाहेकका अन्य कार्यक्रममा समेत निमन्त्रणा गर्न थालिएपछि बागलुङमा लोकबाजा र भजनप्रतिको मोह जाग्दै गएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x