रुपन्देहीमा सौर्य उर्जाबाट चल्ने पेट्रोल पम्प

बुटवल- नेपाल सरकारका वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले नेपालकै पहिलो सौर्य उर्जाबाट सञ्चालित आधुनिक प्रविधि सहितको पेट्रोलपम्प रुपन्देहीमा उदघाटन गरेका छन् । भैरहवामा शुक्रवार नेपालकै पहिलो सौर्य उर्जाबाट सञ्चालित आधुनिक प्रविधि सहितको पेट्रोलपम्प शुरु भएको हो ।

उदघाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल आयल निगमले आफनै सञ्चालनमा ल्याएको पेट्रोलपम्प कुनै व्यवसायीसँग प्रतिस्पर्धा गर्न नभएर ब्यवसायीलाई पेट्रोलपम्प सञ्चालन गर्ने तरिका सिकाउन शूरु गरेको बताए । उनले पेट्रोलपम्प कस्तो हुनुपर्छ, कसरी संचालन गर्नुपर्छ र के के सुविधा हुनुपर्छ भनेर सिकाउनको लागि भैरहवा बाट सरकारले शुरु गरेको जानकारी दिए ।


Advertisement

निजी स्तरमा सञ्चालन भएका पेट्रोलपम्पले बिभिन्न समयमा अभाव सिर्जना गर्ने, २४ घण्टा सुबिधा नदिने लगायतका कमजोरीलाई नेपाल आयल निगमले सञ्चालन गरेको पेट्रोलपम्पले सबै सुविधा दिएर निजीलाई पनि सुविधा दिन बाध्य गराउने उद्देश्य सरकारको रहेको यादवले बताए ।

२०३७ सालमा आफनै जग्गामा सञ्चालित पेट्रोलपम्प समय सापेक्ष आधुनिककरण गरी पुननिर्माण गरिएको हो । शुक्रवारदेखी सञ्चालनमा आएको पेट्रोलपम्पमा निगमको आफनै कर्मचारीहरुको ब्यवस्थापनमा सञ्चालन हुनेछ । पेट्रोलपम्पमा प्रति घण्टा अधिकतम ९ हजार ६ सय लिटर पेट्रोल र ९ हजार ६ सय लिटर डिजल डेलिभरी दिई बिक्री गर्न सक्नेछ ।

सौर्य उर्जाबाट समेत सञ्चालन हुने पेट्रोलपम्पमा अत्याधुनिक प्रविधी जडान गरिएको छ भने ९ सय वर्ग्मिटर छेत्रफलको अग्नी प्रतिरोधक एलुमिनियम कम्पोजिट मेटिरियलबाट बनेको छाना, फायर एक्टिङ्युइसर, अटोमेटिक बिलिङ पेपर, २४ सै घण्टा सुबिधा, डिजिटल डिस्पेन्सिङ्ग पम्पहरु, अपाङ्ग मैत्री शौचालय लगायतको सुबिधा रहेको छ ।

सरकारले यस्ता खालका सुबिधा सम्पन्न पेट्रोलपम्प देशभरनै संचालन गरिने पनि जानकारी यादवले दिए । उद्घाटन कार्यक्रममा प्रदेश नं ५ उधोग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरी, प्रदेश नं ५ सदस्य सन्तोष कुमार पाण्डे, सिद्धार्थनगर नगरप्रमुख हरि प्रसाद अधिकारी, सिद्धार्थ उधोग बाणिज्य संघ अध्यक्ष कूल प्रसाद न्यौपाने लगायतले बोल्दै आधुनिक स्तरको पेट्रोलपम्प भैरहवा जस्तो नेपालकै प्रमुख मध्यको औधोगिक हव बाट शुरुवात हुनु सकारात्मक कुरा रहेको बताए ।

 

 

कमेन्ट गर्नुहोस्