कात्तिक २१, २०८०
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं – भारतको उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।
सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शंकराचार्यले निम्ता दिएका हुन् ।
यसअघि गत गुरुपूर्णिमाका अवसरमा निम्तो दिइएपनि प्रधानमन्त्री ओली त्यहाँ पुग्न सकेका थिएनन् । हिन्दूधर्मका चारधाम बद्री, केदार, रामेश्वर र जगन्नाथ धाममध्ये उडिसामा जगन्नाथ र गोवद्र्धन मठ पर्छन् ।
प्रतिनिधिमण्डलमा समाजका उपाध्यक्ष धर्मराज बराल, महासचिव पुष्पराज पराजुली, समाजका सदस्य तथा अन्तर्राष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष प्रदीप खनाल, भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल, सदस्य पुष्कर आचार्य, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायत थिए ।
समाजले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आगामी शिवरात्रि वा कुनै अनुकूल समयमा नेपालको भ्रमणका लागि पुरीका शंकराचार्यलाई निमन्त्रणमा पनि दिएको छ । गोवद्र्धन मठका १४५ औं शंकराचार्य निश्चलानन्दले नेपाल–जनकपुर, काठमाडौं र वीरगञ्ज) को २ पटक भ्रमण गरिसकेका छन् । गत वर्ष उनलाई प्रधानमन्त्री ओलीकै आतिथ्यतामा शहीद मञ्च टुँडिखेलमा अभिनन्दन पनि गरिएको थियो ।
मठका शंकराचार्यले आफू गत वर्ष नेपाल आउँदा प्रधानमन्त्री ओलीले आफ्नो साधुताको परिचय दिएको र उनीसँग निकै ज्ञान रहेको आफूले पाएको अनुभव सुनाए ।
उनले नेपालको अवस्था बिग्रेमा भारत पनि सुरक्षित नहुने बताउँदै जानकीलगायत धेरै देवदेवीको जन्मभूमि नेपालको संरक्षणमा जोड दिए । उनले नेपालका ५० औं हिन्दू संघसंस्थालाई एक हुन आग्रह गर्दै तर अनावश्यक शक्ति प्रदर्शन नगर्न र व्यूहरचना गरेर अघि बढ्न आह्वान गरे ।
शंकराचार्यका उत्तराधिकारी निर्विकल्पनानन्दले केही नेपाली हिन्दू नेतृत्वमा व्यक्तिगत र गुटगत स्वार्थ देखिएको बताउँदै आफूहरूले शंकराचार्यको भावना उतार्ने सत्यनिष्ठ व्यक्तिको खोजी गरिरहेको स्पष्ट गरे ।
सोही अवसरमा पशुपतिनाथका मूलभट्ट गणेश रावलले पठाएको पशुपतिनाथको प्रसाद र शंकराचार्यको स्वास्थ्यलाभको कामना गरिएको पत्र अन्तर्राष्ट्रिय मैत्री समाजका अध्यक्ष खनालले शंकराचार्यलाई हस्तान्तरण गरेका थिए ।
यसैबीच सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री बाँस्तोलाले ‘नीलाचल से नेपाल तक’ (समुद्रदेखि नेपालसम्म) नामक ब्यानरको नेपाल भवन जगन्नाथ धाममा अनवरण गरे । जगन्नाथधाम चेतना गवेषण प्रतिष्ठानले स्थापना गरेको ब्यानरमा जगन्नाथदेखि मुक्तिनाथ र पशुपतिनाथ भ्रमण र दर्शनका लागि आह्वान गरिएको छ ।
नेपाली प्रतिनिधिमण्डललाई जगन्नाथ धामका मूल पुजारी जनार्दन पात्र जोशी महापात्र चित्तसनिजोक नायकले जगन्नाथधामको ध्वजा उपहार दिएका थिए । – श्याम रिमाल/रासस
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...