कामना सेवा विकास बैंकको नारायणगढ शाखा स्थानान्तरण

चितवन– कामना सेवा विकास बैंक लि. को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मिति २०७६ साल साउन २१ गते (अगस्ट ०६, २०१९) देखि हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको छ । 

भरतपुर महानगरपालिका उप प्रमुख पार्वती शाह ठकुरीज्यूले उक्त शाखाको कारोबार शुभारम्भ गरेकी थिइन् । स्थानान्तरण भई कारोवार शुभारम्भ समारोहमा बैंकका सञ्चालक भीमप्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रीय प्रमुख नारायणगढ सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 


Advertisement

यस बैंकले नविनतम प्रोडक्टहरू तथा वृहत शाखा सञ्जालमार्पmत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैंकि– सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।
 
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा ९७ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरूलाई आफनो सेवाहरू प्रदान गर्दै आएको छ ।

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।
 


Advertisement

कमेन्ट गर्नुहोस्