गाउँपालिका अध्यक्षले २ करोड नदिए छोरीलाई गोली हान्ने धम्की दिन्थे मिलन

अहिले आफ्नै घुँडामा प्रहरीको गोली

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काठमाडौँ - राजधानीको स्वयम्भूमा दिउँसो करीब पौने एक बजे चलेको गोलीमा घाइते हुने मिलन लामाले रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासँग २ करोड मागेको खुलासा भएको छ ।

अपराध महाशाखाको टीमले चलाएको गोली लागेर लामा घाइते भएका छन् । घाइते लामालाई ट्रमा सेन्टरमा उपचारका लागि लागिएको छ ।


Advertisement

अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले लोकान्तरसँग कुरा गर्दै गुण्डागर्दीको आरोपी लामाले लिखु गाउँपालिका अध्यक्ष खड्कासँग २ करोड माग गरेको बताए ।

लामाले आफूलाई २ करोड नदिए खड्काको छोरीलाई गोली हानेर मार्ने धम्की दिएका थिए । बारम्बार उक्त धम्की आउन थालेपछि खड्काले अपराध महाशाखाको सहयोग लिएका थिए ।


Advertisement

शुक्रवार दिउँसो लामालाई पक्राउ गर्ने क्रममा भागेपछि महाशाखाको टोलीले गोली चलाएको हो ।

स्वयम्भू नजिकै रहेको विजेश्वरीस्थित हाउजिङ एपार्टमेन्टमा चलेको गोली लामाको घुंडामा लागेको थियो ।

लामासँगै प्रहरीले अमित तामाङलाई पनि गिरफ्तार गरेको छ ।

कमेन्ट गर्नुहोस्