विकासका लागि गम्भीर भएर सोच्नुपर्छ : पौडेल

फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ पाल्पा–काठमाडौं सम्पर्क समितिले शुक्रवार आयोजना गरेको ‘एसईई र प्लस टु उत्तीर्ण विद्यार्थी तथा विशिष्ट व्यक्तिलाई सम्मान’ कार्यक्रममा उनले वर्तमान सरकारले मुलुकलाई द्वन्द्वको अवस्थामा राख्ने प्रयास गरेको आरोप लगाए ।


Advertisement

‘मुलुक अहिले गम्भीर अवस्थामा छ, मुलुकको अवस्थालाई लिएर हामी सबै राजनीतिक दल, बुद्धिजीवी वर्ग, सचेत नागरिकहरु गम्भीर बन्नुपर्छ,’ उनले भने । उनले जीवनमा कर्मशीलता र लगनशीलताका साथ अगाडि बढ्न विद्यार्थीलाई सुझावसमेत दिए ।

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले नेपालमा अझै पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताउँदै राज्य गुणस्तरीय शिक्षाप्रति गम्भीर हुनुपर्ने बताए । सम्पर्क समितिले पाल्पा घर भई काठमाडौंमा उच्च शिक्षाका लागि पढ्न आएका एसईई र प्लस टू पास विद्यार्थीलाई सम्मान गरेको थियो ।


Advertisement

सम्पर्क समितिले हरेक वर्ष यस्ता सम्मान कार्यक्रम गर्दै आएको सम्पर्क समितिका अध्यक्ष सुरज पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्