×

NMB BANK
NIC ASIA

महिलालाई सबै क्षेत्रमा ५० प्रतिशत आरक्षण हुनुपर्छ: महामन्त्री कोइराला

साउन २६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – राजनीतिक क्षेत्रमा ख्याति कमाएका व्यक्तिका बारेमा मात्र लेखकले पुस्तक प्रकाशन गरिरहेका बेला सामान्य चिनारीमा रही सामाजिक सेवामा लागेकाको कृति सार्वजनिक भएको छ । 

Muktinath Bank

बूढानीलकण्ठ नगरपालिका–१२ मा रही समाजसेवालगायत मानव प्रेरणामा सक्रिय भुवन गिरीका बारेमा समाजमा ख्यातिप्राप्तसहित सामान्य गरी ७५ लेखकले लेखेको पुस्तक ‘प्रेरक अभियन्ता भुवन’ सार्वजनिक भयो । कृतिको सम्पादन बालकृष्ण दाहाल ‘बिकेडी’ ले गर्नुभएको हो । प्रकाशन भने नारी जागृति समाजले गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा पुस्तक लोकार्पण गर्नुहुँदै नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले जनसङ्ख्याको आधा भाग ओगटेका महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।


Advertisment
Nabil box
Kumari

“विपी कोइरालाले विसं २०१५ कै मन्त्रिमण्डलमा महिलालाई पनि समावेशीरुपमा सहभागी गराउनुभएको थियो, राजनीतिलगायत हरेक क्षेत्रमा पुरुष जत्तिकै सहभागी गराउने उहाँको सोच विसं २०१७ पुस १ गतेको राजनीतिक परिवर्तनले रोकियो, त्यसपछि विपी जेल पर्नु भए पनि मैले आमा सुशीलाबाट समेत महिलालाई हरेक क्षेत्रमा समान सहभागिता जनाउनुपर्ने शिक्षा पाएँ”, पहिलो जननिर्वाचित प्रधानमन्त्री विपीका कनिष्ठ सुपुत्रसमेत रहनुभएका नेता कोइरालाले भन्नुभयो । 

Vianet communication
Laxmi Bank

आफूले देशको नेतृत्व गर्ने अवसर पाए महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षणसहित सशक्तीकरण गर्ने उहाँको प्रतिबद्धता छ । 
कार्यक्रममा सांसद गगनकुमार थापाले आफ्नी कान्छी छोरी जन्मँदा तत्कालीन संविधानसभाका केही सभासद्ले समेत अर्कोपटक छोरा नै जन्मने विश्वास व्यक्त गर्दै शुभकामना दिएको प्रसङ्ग स्मरण गराउनुहुँदै महिलालाई हेर्ने दृष्टिकोण नीति निर्मातामा पनि बदलिन नसकेको बताउनुभयो ।
 
महिला जागरणमा सचेत वर्ग सबैको सहयोग हुनुपर्ने उहाँको भनाइ थियो । यसैबीच नेता थापाले सरकारले काम गर्न नसके त्यसको विकल्प अर्को सरकार हुने बताउनुहुँदै राजा फर्काउने गरी भइरहेका केही टिप्पणीप्रति आपत्ति जनाउनुभयो । 
सांसद प्रमिला राईले जनसङ्ख्याको ५१ प्रतिशत भाग ओगटेका महिलालाई सक्रिय बनाउन भुवन गिरीजस्ता अभियानकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

 पुस्तककी पात्र गिरीले आफ्ना लागि मात्र नभई अरुका लागि पनि सोच्नुपर्छ भन्ने भावनाले आफू अघि बढेको बताउनुभयो । पुस्तकका सम्पादक दाहालले समाजमा विभिन्न क्षेत्रमा नाम कमाएका व्यक्तिको मात्र पुस्तक निकाल्ने परम्पराभन्दा फरक गरी सामान्य मानिसको जीवनमा आधारित भई पाँचौँ पुस्तक प्रकाशन गरेको बताउनुभयो । 

छैटौँ पुस्तकका रुपमा युरोप यात्राको विषयलाई समेटेर किताब सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो । पुस्तकको समीक्षा गर्नुहुँदै प्रा ज्ञानु अधिकारी र प्रा गोविन्द लुइँटेलले सामाजिकरुपमा भुवन गिरीले पु¥याउनुभएको योगदानको चर्चा गरिए पनि त्यो प्रेरणा उहाँमा कसरी आयो भनी पुस्तकमा उल्लेख नगरिएकोतर्फ सम्पादक र प्रकाशकको ध्यानाकर्षण गराउनुभएको थियो । 

कार्यक्रममा समाजकी अध्यक्ष कान्ता अधिकारी दाहाल, सचिव भावना अर्याल खनाललगायतले अभियानकर्मी गिरीले आफ्नै घरकी घरेलु कामदारलाई समेत प्रेरणा दिएर सामाजिक जीवनमा पुनःस्थापित गर्नुभएको बताउनुभएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x