×

NMB BANK
NIC ASIA

कांग्रेसमा देउवा ढुक्क !

साउन २७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – कांग्रेस महामन्त्री शशांक कोइराला पछिल्लो समय पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने मुद्दा लिएर दौडधुपमा छन् ।

Sagarmatha Cement
Muktinath Bank

सभापति शेरबहादुर देउवाबाट सहजै नेतृत्व फुत्काउन नसकिने तर्क गर्दै उनले संस्थापन इतरपक्षको एकतामा जोड दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी आफैं नेतृत्वका आकांक्षी हुन् । ‘नेतृत्व परिवर्तन त्यसै हुँदैन, हामीबीच (संस्थापन इतरपक्ष) एकता हुनुपर्छ,’ केही दिनअघि नेपालगन्जको एक कार्यक्रममा कोइरालाले भनेका थिए, ‘२–३ जना नै उम्मेदवार हुने अवस्था आयो भने फेरि शेरबहादुरजी सभापति बन्नुहुन्छ ।’


Advertisment
Nabil box
Kumari

कोइरालाले भनेजस्तै संस्थापन इतरपक्षमा एक हुनै मुख्य चुनौती छ । आन्तरिक मुद्दामा एक ठाउँ देखिए पनि नेतृत्वको सबालमा एकढिक्का छैनन् । 

Vianet communication
Laxmi Bank

कान्तिपुर दैनिक लेख्छ – उनीसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइरालासम्म नेतृत्वको आकांक्षी छन् ।

सहमति नबन्ने अवस्थामा रामशरण महत र अर्जुननरसिंह केसी पनि उठ्ने मनस्थितिमा रहेको बताउँछन् । यति बेलाचाहिँ उनीहरू संस्थापन इतरपक्षलाई जोड्नमा केन्द्रित छन् ।

एक होला त संस्थापन इतरपक्ष ?

पार्टीमा देखिने ३ गुट छन्, सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको । संस्थापन पक्ष देउवाकै नियन्त्रणमा छ ।

विजय गच्छदार, विमलेन्द्र निधि, पूर्णबहादुर खडकाको उपगुट भए पनि तिनको भूमिका देउवाको सहयोगीका रूपमा छ । मुद्दा र नेतृत्वको सवालमा समेत एक ठाउँ छन् । संस्थापन इतरमा पौडेल र सिटौलाका गुट छन् । पौडेल समूहमा पनि कोइरालाहरूको छुट्टै गुट छ । महामन्त्री शशांक र शेखर गुट विस्तारमा छन् । त्यस अतिरिक्त प्रकाशमान सिंहको छुट्टै समूह छ ।

१३ औं महाधिवेशनबाट तेस्रो धारका रूपमा सिटौला गुट जन्मेको छ । यसमा केन्द्रीय सदस्य गगन थापा, प्रदीप पौडेललगायत युवा नेता जोडिएका छन् । १३ औं महाधिवेशनमा सिटौलाकै सहयोगबाट देउवालाई सभापति बन्न सहज भएको थियो । त्यति बेला देउवा, पौडेल र सिटौला तीनैजना उम्मेदवार थिए । पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको थियो ।

दोस्रो चरणमा सिटौलाको सहयोगबाटै देउवा सभापति बनेका थिए । संसदीय निर्वाचनदेखि देउवा र सिटौलाबीच सम्बन्ध टुटेको छ । उम्मेदवार चयन प्रक्रियाबाटै उनी देउवासँग चिढिएका थिए । त्यसपछि पार्टीको आन्तरिक मुद्दामा एकै ठाउँ देखिए पनि पौडेल र सिटौलाबीच अविश्वास कायमै छ । त्यसलाई मेटाउन नेता केसी निरन्तर खटिएका छन् । उनकै पहलमा पौडेल र सिटौलाबीच धेरैपटक संवाद भएको छ । सिटौलालाई संस्थापन इतरसमूहमै गोलबद्ध गराउन गगन थापा र प्रदीप पौडेल पनि निरन्तर लागिरहेका छन् ।

‘मुद्दामा हामीबीच कुनै विवाद छैन,’ केसीले भने, ‘नेतृत्वमा पनि समय आएपछि सहमति गरेरै अघि बढ्छौं ।’ सिटौला नेतृत्वको प्रतिस्पर्धा गर्ने मुडमा देखिन्नन् तर, पार्टी्भित्र आफ्नो भूमिकाको खोजीमा छन् । ‘फेरि पनि सिटौला देउवा क्याम्पमा फर्कनुहुन्न तर संस्थापन इतरपक्षमा आफैं हुने या कसलाई सहयोग गर्ने भन्ने मनस्थिति बनाइसक्नुभएको छैन,’ स्रोतले भन्यो, ‘परिस्थिति हेरेर निर्णय गर्ने पक्षमा हुनुहुन्छ ।’ कोइराला परिवारमा शशांक र शेखरबीच नै नेतृत्वको टकराव छ ।

शेखरले १४ औं महाधिवेशनमा आफू सभापतिमा प्रतिस्पर्धा गरेरै छाड्ने बताउँदै आएका छन् । शेखरलाई यसैपटक प्रतिस्पर्धा गर्न उमेरको पनि दबाब छ । उनी ७० वर्ष टेकेका छन् । ५ वर्ष कान्छा शशांकले पनि एकरदुई पटक सार्वजनिक कार्यक्रममै आफू उम्मेदवार बन्ने घोषणा गरेका थिए । यसलाई लिएर खलबली उत्पन्न भएपछि संस्थापन इतरपक्षको भेलाले कसैले पनि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा नगर्ने समझदारी बनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x