×

NMB BANK
NIC ASIA

शिक्षामा रूपान्तरणका लागि नयाँ नीति र कानून ल्याउँदैछौं – अध्यक्ष प्रचण्ड

साउन २७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रलाई रुपान्तरणका लागि नयाँ नीति र कानून ल्याउने बताएका छन् ।

Muktinath Bank

‘शिक्षालय’ राष्ट्रिय मासिकको १५ औँ ‘एजुकेशन अवार्ड २०७६’ प्रदानपछि अध्यक्ष प्रचण्डले विकसित मुलुकले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको उदाहरण लिँदै नेपालले पनि शिक्षालाई प्राथमिकता दिई उपयुक्त नीति र कानून ल्याउन आवश्यक भएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सरकारले विज्ञहरूको सुझावका आधारमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बुझिसकेको र सङ्घीय शिक्षा ऐनसँगै नयाँ शिक्षा नीति तर्जुमा गर्न खोजेको उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मानित पनि गरे । सम्मानित हुनेहरुमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ शिक्षासेवी रत्नमान गुरुङ, ‘इन्स्पिरेशनल अवार्ड’ सांसद् शान्ता चौधरी, ‘एजुकेशन भिजन अवार्ड’ प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, ‘स्कुल अफ दी एयर’ सामुदायिकतर्फ सुर्खेतको जनज्योति मावि र निजीतर्फ बुटवलको न्यू होराइजन माविलाई प्रदान गरियो ।

Vianet communication
Laxmi Bank

यसैगरी शिक्षा पत्रकारितातर्फ नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोवार दैनिकका गोपाल सङ्ग्रौला, ‘एक्सिलेन्स अवार्ड’ ग्लोबल केलज एण्ड म्यानेजमेन्ट’, ‘गुडविल एचिभमेन्ट अवार्ड’ नवलपरासीको अक्फोर्ड कलेज, ‘प्रिन्सिपल अफ दी एयर’ नाइटिङ्गेल स्कुलका रञ्जना प्रधान, ‘डेडिकेशन अवार्ड’ खगेन्द्र नेपाल र मानबहादुर बुढा, ‘कन्ट्रयुब्युसन अवार्ड’ शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, ‘क्रियटिभ अवार्ड’ एनसिसिएस कलेज, ‘राइजिङ अवार्ड’ समृद्धि एजुकेशन फाउण्डेशन, ‘बेष्ट टिचर अवार्ड’ हनुमन्तेश्वर मावि, दोलखाका गोपालध्वज श्रेष्ठ र रु २५ हजार राशिको चौधरी ग्रुपको ‘वाइवाइ ज्ञान पुरस्कार बुटवलस्थित कालिका मानविज्ञान माविका विद्यार्थी सविना सुवेदीलाई प्रदान गरियो । 

शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले यस अवार्डलाई क्रमशः स्थानीय तह हुँदै अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गरी शिक्षामा रुपान्तरण गर्न चाहनेलाई प्रोत्साहन गरिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x