×

NMB BANK
NIC ASIA

युवालाई उत्पादन, श्रम र रोजगारसँग जोड्नुपर्छ – उपप्रम पोखरेल

साउन २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले जीवनोपयोगी शिक्षा दिएर युवालाई मुलुकको विकासका लागि लगाउनुपर्ने बताएका छन् ।

Muktinath Bank

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले सोमवार आयोजना गरेको ‘राष्ट्रिय  युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उनले युवालाई व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वभर आज ‘शिक्षामा रुपान्तरण’ र नेपालमा ‘शिक्षामा रुपान्तरण : उद्यमशीलता र नवप्रवर्तन’ भन्ने नाराका साथ सो दिवस मनाइएको छ । “अहिलेसम्म जीवन उपयोगी शिक्षा नभएर युवा पढेर पनि बेरोजगार भएका छन्”, उनले भने, “अब प्राविधिक तथा व्यावसायिक जस्ता जीवनोपयोगी शिक्षातर्फ जोड दिनुपर्दछ ।”


Advertisment
Nabil box
Kumari

रक्षामन्त्री पोखरेलले उत्पादन, श्रम र रोजगारसँग जोडिएको शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गदै सरकार त्यस्तो खालका शिक्षा दिन केन्द्रित रहेको छ, भने ।

Vianet communication
Laxmi Bank

उनले बाध्यताले विदेश जानुपर्ने स्थितिलाई बदल्नुपर्ने बताए ।

नेपालमा पहिलो पटक सन् २००४ बाट विभिन्न सङ्घसंस्थाको आयोजनामा दिवस मनाउन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रमहरू हुँदै आएको छ । 

कार्यक्रममा युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले विकासको मेरुदण्ड युवा भएकाले राष्ट्र निर्माणको दिशामा युवालाई परिचालन गर्नुपर्ने बताए ।

उनले युवालाई श्रम, उत्पादन, स्वरोजगारसँग जोड्न सके मात्र मुलुकको विकास हुने बताए ।

“युवाका आकाङ्क्षा धेरै नै रहेका छन् । ती आकाङ्क्षालाई पुरा गर्नका लागि युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नुपर्दछ”, उनले भने, “युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नका लागि यस वर्ष युवा परिचालन वर्ष घोषणासमेत गरिएको छ ।”

कार्यक्रममा प्रतिनिधिसभा अन्र्तगत शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले युवाले मुलुकमा रहेका प्राकृतिक स्रोत साधनलाई सही सदुपयोग गर्न सके विकासमा फड्को मार्न सकिने धारणा व्यक्त गरिन् ।

उनले युवाद्वारा नै राजनीतिक परिवर्तन सम्भव भएकाले अब समाज, घर, जीवन परिवर्तन गर्न जिम्मा युवाको काँधमा रहेको बताइन् ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सार्वजनिक शिक्षामा रुपान्तरण गरेर युवालाई सक्षम बनाउनुपर्ने बताए ।

“यस वर्षको नारा पनि शिक्षासँग सम्बन्धित छ । शिक्षालाई रुपान्तारण गर्दै युवालाई उद्यमशीलतासँग जोड्न आवश्यक छ”, उनले भने, “युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्दछ ।”

दिवसका अवसर पारेर युवा मन्त्रालय, परिषद् र  विभिन्न युवाका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले आज बिहान प्रभातफेरी निकालेका थिए ।

भृकुटीमण्डपदेखि भद्रकाली, रत्नपार्क हुँदै दिवस आयोजनास्थल नेपाल प्रज्ञा–प्रतिष्ठानसम्म पुगेको थियो । 

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा रहेका छन् ।

युवाको क्षेत्रमा मुलुकमा काम भइरहेकाले अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औँ नंमा रहेको छ ।

करीब १९.२ युवा पूर्ण बेरोजगार रहेको, कृषिमा युवाहरुको संलग्नता ५०.२ रहेको र २६.१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x