×

NMB BANK
NIC ASIA

मेहनत गर्ने संस्कृति विस्थापितले परनिर्भरता– मुख्यमन्त्री शाही

साउन २८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मेहनत गर्ने संस्कृति विस्थापित हुँदा परनिर्भरता बढ्दै गएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

यहाँ सोमवार आयोजित ‘२०औँ अन्तर्राष्ट्रिय युवा दिवस २०७६’ को उद्घाटन समारोहमा मुख्यमन्त्री शाहीले समाजमा मेहनत गर्ने संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“अहिले जताततै छलकपटबाट पैसा कमाउने मनसायले योजना माग्ने संस्कृति मौलाएको छ”, मुख्यमन्त्री शाहीले भने, “अब यो माग्ने संस्कृतिको अन्त्य गर्नुपर्छ ।”  


Advertisment
Nabil box
Kumari

उनले अगाडि भने, “कर्णाली पैसा नभएर पछि परेको होइन, मुख्यतः सोचकै कमी हो । विगतदेखि कर्णालीमा अर्बांै डलर भित्रिए पनि त्यसको पारदर्शी कार्यान्वयन नहुँदा अपेक्षित विकास हुन सकेन ।”

Vianet communication
Laxmi Bank

कर्णाली सरकार युवाको साथमा भएको जनाउँदै मुख्यमन्त्री शाहीले युवासँग ‘ब्याकगेयर’ हुन नहुने र भएमा हटाएर समस्याको विकल्प खोज्न सक्षमता निर्माण गर्नुपर्नेमा जोड दिए । 

सरकारले चालू आवमा युवाका निम्ति रु एक अर्ब बजेट विनियोजन गरेको उनको भनाइ थियो ।

“युवा जोश, शक्ति र मर्मका साथ अघि बढे श्रमशील युवालाई राज्यले जग्गा व्यवस्था गर्छ, सबैले खेती गर्नुस्”, उनले भने, “आफैंलाई खान पुग्दा पराइको भर गर्नुपर्दैन ।”

सूचना र प्रविधिको युगमा पनि कर्णालीवासीले पिठ्यूँमा भारी बोकिरहेको बताउँदै उहाँले आत्मनिर्भरताका लागि उद्यमशीलतासँग जोडिनु अहिलेको प्रमुख आवश्यकता हो, भने ।

दिवसमा प्रदेशसभा सदस्य दानसिं परियारले युवालाई रोजगार, उद्यमशीलता र व्यवसायमा जोडेका देश विकासमा अग्रणी स्थापनामा पुग्न सफल भएको उदाहरण प्रस्तुत गरे ।

“नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो र त्यो कर्णालीमा अझै बढी छ”, सदस्य परियारले भने, “राष्ट्रिय युवा नीति, २०७२ का साथै कर्णाली प्रदेश युवा नीति निर्माणबाट यहाँको बेरोजगारी समस्या समाधान गर्न सकिन्छ ।” 

सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर विकेले कर्णालीको बेरोजगारी, यहाँ सञ्चालित साना तथा ठूलो उद्योग, कलकारखाना, रोजगार प्राप्त तथा वैदेशिक रोजगारमा बाहिरिएका युवाको तथ्याङ्क प्रस्तुत गरेका थिए । कर्णालीले अहिलेसम्म करीब ४०० युवालाई रोजगार दिएको र अझै ११ हजार युवा बेरोजगार रहेको उनको भनाइ थियो ।

उक्त कार्यक्रममा युवा प्रतिनिधि ठगेन्द्र सुनारले परिवर्तनका लागि लडेका युवा रोजगारीका लागि खाडी मुलुकमा भौंतारिनुपर्ने अवस्था रहेको बताए ।

उनले अब सरकारले बजारमा झुण्ड्याइएको कोरियन, जापानी, चिनियाँ भाषा अङ्कित ‘होडिङ बोर्ड’ विस्थापित हुने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x