माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
काठमाडौं– नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ। ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा १ सय ५९ नेपाली बालबालिका त्यहाँ धर्मसन्तानका रूपमा लगिएका छन्। बढी भएका १ सय ३७ जना कसरी गए ? यसले धर्म सन्तानका नाममा नेपालबाट बालबालिका तस्करी भइरहेको पुष्टि हुन्छ।
सरकारले १८ मुलुकमा बालबालिकालाई धर्मपुत्र–धर्मपुत्री बनाएर पठाउँदै आएको छ। तीमध्ये अमेरिका र युरोपका ६ मुलुकले नेपालबाट आफ्नो देशमा पुर्याइएका बालबालिकाको सूची हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल (एचसीसीएच) लाई बुझाउने गरेका छन्। ती ६ मुलुकले सन् २०१० यता बुझाएका तथ्यांक जोड्दा १ सय ५७ नेपाली बालबालिका पुगेको पाइन्छ।
यही अवधिमा १८ देशमध्ये बाँकी १२ वटामा ८२ बालबालिका पठाएको सरकारी तथ्यांक छ। एचसीसीएचमा तिनले बुझाएको सूची पाउन नसकेकाले बाँकीको फरक भने थाहा हुन सकेन। तर, यसले अझ ठूलो संख्यामा नेपाली बालबालिका तस्करी भएको देखाउँछ।
डेनमार्कले एचसीसीएचलाई बुझाएको सूचीमा नेपालबाट १७ बालबालिका लगिएको छ। तर, २ जना मात्र बालबालिका नेपालबाट डेनमार्क गएको तथ्यांक मन्त्रालयसँग रहेको खबर अन्नपूर्ण पोस्टले छापेको छ । १५ जना तस्करीबाट पुर्याइएको यसले देखाउँछ।
फ्रान्सले सन् २०१० यता २१ नेपाली बालबालिका आफूसँग रहेको सूची एचसीसीएचलाई बुझाएको छ। तर, नेपालबाट १ मात्र बालिका त्यहाँ पुगेको तथ्यांक छ। २० बालबालिका बेचिएको देखिन्छ। अमेरिकाले ९ वर्ष अवधिमा १ सय २ नेपाली बालबालिकालाई आफूले ल्याएको सूची बुझाएको छ। तर, यो अवधिमा नेपालबाट ११ जना मात्र धर्मपुत्र–धर्मपुत्री अमेरिका गएको सूची मन्त्रालयसँग छ। ९१ बालबालिका तस्करी गरेर बेचिएका थिए।
नर्वेले १० बालबालिकालाई नेपालबाट लगेको देखाएको छ। नेपालबाट सरकारी प्रक्रिया पूरा गरी सोही अवधिमा तीन बालबालिका त्यहाँ लगिएका थिए। यसले १० बालबालिकाको तस्करी भएको देखाउँछ।
क्यानडाले नेपालबाट पाँच बालबालिका लगेको सूची बुझाएको छ। तर, मन्त्रालयसँग रहेको तथ्यांकमा दुई जना मात्र लगिएका छन्। स्विजरल्यान्डले पनि नेपालबाट दुई जना बालबालिका ल्याएको सूची एचसीसीएचलाई बुझाएको छ। तर, यहाँबाट एक मात्र बालिका लगिएको तथ्यांक छ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...